लुम्बिनी भिजनको प्रथम भलिबल प्रतियोगिता सम्पन्न : फाईनल खेलमा शहिद स्मृति क्लब बुटवल विजयी

लुम्बिनी भिजनको प्रथम भलिबल प्रतियोगिता सम्पन्न : फाईनल खेलमा शहिद स्मृति क्लब बुटवल विजयी

बुटवल ­ – राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित लुम्बिनी भिजन युवा क्लव रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालीकाको सहयोगमा वुटवलको सुख्खा नगरमा रहेको एभरेष्ट वोडिङ्ग स्कुलको मैदानमा सञ्चालित सहिद स्मृति खेलकुद अन्तरगर्त भलिवल प्रतियोगिता २०८१ तथा खेलाडि सम्मान कार्यक्रम विहिवार सम्पन्न भएको छ ।

विज्ञापन

उक्त भलिवल प्रतियोगितामा रुपन्देही जिल्लाभरबाट महिला र पुरुष गरी १३ खेलाडी समूहको सहभागीता रहेको थियो। बिहिवार भएको फाइनल खेलमा शहिद स्मृति क्लब बुटवल ३५ हजार नगद राशिको पुरस्कार सहित प्रथम भएको छ भने शहिद स्मृति क्लब मोतिपूर ३० हजार पुरस्कार सहित द्धितिय स्थान , देवदह शहिद स्मृति प्रतिष्ठान २५ हजार सहित तृतिय र आयोजक  लुम्बिनी भिजन युवा क्लवले २० हजार राशिको पुरस्कार सहित सान्तवना स्थान प्राप्त गरेका छ । त्यस्तै महिला तर्फ सहिद स्मृति महिला क्लब बुटवलले प्रथम स्थान हासिल गरेको छ भने सहिद स्मृति महिला क्लब तिलोत्तमाले द्वितीय स्थानमा चित्त बुझाएको छ ।

त्यस्तै समापन कार्यक्रममा बुटवल उपमहानगरपालीका भित्र रहेका राष्ट्रिय खेलाडिहरुलाई पनि सम्मान गरिएको थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले एउटा राष्ट्रिय नेताले गरेको काम भन्दा युवाहरु र खेलकुदको विकासले खेलाडी मात्र नभएर देशको समेत पहिचान बनाउने र अन्तर्राष्ट्रिय रुपमै गौरव बढाउने बताए ।

बुटवलमा सुरु भएको भलिबल खेलले खेलडीहरुको खेल क्षमताको विकाससँगै प्रदेशकै पहिचान बनाउने हुदाँ तिनै तहका सरकाले युवा र खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताए। खेल क्षेत्रमा स्थानिय सरकारले लगानी गर्नु र यस्ता कार्यक्रम आयोजना गर्नुले स्थानिय युवाहरुमा एकरुपता ल्याउन सहयोग पुग्ने बताए। युवा र खेल क्षेत्रमा पनि संघ र प्रदेश सरकारले स्थानिय तह सगँ सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

सोहि क्लबका अध्यक्ष नारायण जिसिले सहिदहरुको त्याग, तपस्या र बलिदानीको स्मरण गर्दै खेल मार्फत समाजमा छरिएर रहेका युवाहरुलाई एकिकृत गर्ने प्रयासमा क्लव जुटेको बताए । युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न र युवाको क्षमतालाई पहिचान गरी युवा क्षमता र दक्षतालाई स्वदेशमै टिकाउन र बिकाउन पनि यस्ता खालका खेलहरुमा लगानी गरी युवा लक्षित कार्यक्रम बेलाबेलामा आयोजना गर्नुपर्ने अध्यक्ष जिसिले बताए ।


कार्यक्रममा युवा नेताहरु खगेन्द्र विक, दिपा विक ,खड्ग कौसल ,गोपाल रेस्मि र महिला अगुवा तथा समाजसेवि दिपिका शर्मा एकता थापा लगायतको उपस्थिीती रहेको थियो ।

उक्त कार्यक्रममा लुम्बिनी भिजन युवा क्लवका उपाध्यक्ष एवं कार्यक्रम संयोजक माधव वस्नेतले स्वागत तथा सचिव दिपक भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।