कृषि र पशु क्षेत्रको विकासमा प्राइभेट क्षेत्रको लगानी आवश्यक छः मन्त्री शर्मा

कृषि र पशु क्षेत्रको विकासमा प्राइभेट क्षेत्रको लगानी आवश्यक छः मन्त्री शर्मा

जेठ २८ सुर्खेत

कर्णाली प्रदेशको कृषि र पशु क्षेत्रको विकासमा प्राइभेट क्षेत्रकको लगानी आवश्यक भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ।

विज्ञापन

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतको आयोजनामा पशुपन्छी औषधी व्यसायीहरको लागि ३५ दिने ‌औषधी ब्यबस्थापन सम्न्धी तालिमको उद्घाटन कर्यक्रममा शुभकामना दिदै मन्त्री शर्माले कर्णाली प्रदेशको कृषि र पशु क्षेत्रको विकासमा प्राइभेट क्षेत्रको लगानी आवश्यक भएको  बताउनु भएको हो।

कर्णाली प्रदेश कृषि  तथा पशु क्षेत्रमा आत्मनिर्भर बनाउन पशु स्वास्थ्य सेवामा प्राइभेट क्षेत्रको लगानी आवश्यक भएको बताउदै कर्णालीको  माथिल्लो क्षेत्रमा चौरी चाङ्क्ग्रा भेडा तथा बाख्रा कार्यक्रमको प्रवर्धन र पशुको स्वास्थ्य सेवामा प्राइभेट क्षेत्रको लगानी आवश्यक भएकाले प्रदेश सरकारले प्राइभेट तथा निजि क्षेत्रका औषधी ब्यबसायीहरुलाइ ३५ दिने औषधी ब्यबस्थापन सम्बन्धी  तालिम सञ्चालन गरेको बताउनु भयो।

स्थानीय तहमा हुने कृषि तथा पशु क्षेत्रमा गरिने औषिधी उपचार प्रद्धति र सिफारिसमा प्रदेश सरकारको चासो भएकाले यसको ब्यबस्थापनमा र नियमन गर्न तालिमको प्रमुख उदेश्य भएको भएको जीकीर गर्दै हामीले के पढ्यौ के सिक्यौ भन्ने कुरा शैक्षिक प्रमाण पत्र प्राप्तले मात्रै दिशा निर्देश नगर्ने भएकाले पशु स्वास्थमा सैद्धान्तिक र व्यबहारिक ज्ञानको पनि त्यतिकै महत्व हुने भएकाले यो तालिम व्यबहारिक बनाउन सैद्धान्तिक र व्यबहारिक पक्षलाइ ख्याल गर्न निर्देशन गर्नु भयो।

पशुपन्छीमा हुने माहामारी रोगथाम तथा रोग परिक्षण ‌औषधी सिफारिसमा देखिएका समस्या सामाधान गर्न पशुपन्छी औषधी ब्यबसायीहरुको भूमिका महत्वपुर्ण हुने भएकाले पशुपन्छीको स्वास्थ्यमा देखिएका समस्यालाइ सहित तरिकाले ब्यबस्थापन गरी रोग परिक्षण र औषधी सिफारिस गर्न नागरिकको सेवामा सहज र सरल बनाउन तालिम उपल्बधीमुलक बनाउन सुजाउनु भयो।

सहभागीमा भएको ज्ञान र सिपको बारेमा प्रारम्भिक चरण र सिकाइ पछिको चरण गरी दुइ चरणमा परिक्षा सञ्चालन गरी तालिम ब्यबस्थापन गर्न शैद्धान्तिक तथा ब्यबहारिक पक्षबाट तालिमलाइ प्रभाकारी बनाउने उदेश्यले सञ्चालन गरिएको ३५ दिने ‍औषधी  ब्यबस्थापन  सम्बन्धी तालिम जेठ २८ गतेबाट सञ्चालन भइ असार ३० गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता