रुकुम पश्चिमका  युवा नेता गणेश चिन्तन माओबादी केन्द्र छाेडेकाे घाेषणा

रुकुम पश्चिमका युवा नेता गणेश चिन्तन माओबादी केन्द्र छाेडेकाे घाेषणा

माघ ९ रुकुम पश्चिम

रुकुम पश्चिमका युवा नेता गणेश कुमार बिक चिन्तनले माओबादी केन्द्र छाेडेकाे घाेषणा गरेका  छन।

विज्ञापन

चिन्तनले आज देखि ३ दशक लामाे  माओबादी केन्द्रकाे राजनीतिक जीवनबाट अलग भएकाे  सामाजिक सञ्जाल मार्फत घाेषणा गरेका हुन।

माओबादी केन्द्रकाे लामाे राजनीतिक जीवनबाट अलग भएकाे जानकारी गराउदै चिन्तनले नेपाली  श्रमजीवी सर्वहारा वर्गकाे  हितकाे लागि थालिएकाे जनयुद्धमा करिव ३ दशक माओबादी केन्द्रमा रहदा आतंककारी आराेपमा लामाे समयमा बेपत्ता पारिएका चिन्तन माओबादी केन्द्रकाे सानाेभेरी गाउँपालिका सदस्य सम्म मात्रै पुग्न सफल हुदा उनका सहभागी अहिले मन्त्री तथा मुख्यमन्त्री हुदा पार्टीले केही दिएकाे नभए झन उत्पिडनमा राखेकाे उनकाे आराेप छ।

जनयुद्ध जनआन्दाेलन मधेस आन्दोलन ले नेपाली सर्वहारा काे जीवनशैलीमा केही रुपान्तर ल्याउन सफल भएकाेमा यसमा उनकाे पनि लगानी भएकाे दावी गरेका छन।

सामाजिक उत्पिडन तथा जातिय उत्पिडनबाट पिधमा रहेका श्रमजीवीका सुस्केरामा अहिलेकाे सत्ता र पार्टी नेतृत्वले भुल्दै गएकाेले यसका विरुद्ध आफु स्वतन्त्र हुने बताएका छन।

उनले राजीनाम घाेषणा  गर्दै  लेखेका छन सचेत नागरिककाे हैसियतले  स्थानिय सरकारलाइ गुण र दाेषका आधारमा  सहयाेग गर्ने बताएका छन।

नेपाली  जनवादी साहित्यिक लेखनमा अध्ययन गरेका चिन्तनले नेपाली साहित्यमा ठुलाे याेगदान दिएका छन। सरल स्वभाव मृदुभाषी  भएका चिन्तन माओबादी केन्द्र निकट दलित मुक्तिमाेर्चा केन्द्रीय सचिवालय सदस्य समेत रहेका उनि नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका पुर्व अध्यक्ष हुन।

हेर्नुहाेस राजीनामा पत्र

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता