नेपाल गणतान्त्रिक यातायात व्यबसायी संगठन लुम्बिनीको अधिवेशन सम्पन्न :अध्यक्षमा पुनःखत्री चयन

नेपाल गणतान्त्रिक यातायात व्यबसायी संगठन लुम्बिनीको अधिवेशन सम्पन्न :अध्यक्षमा पुनःखत्री चयन

 

बुटवल- ­ नेपाल गणतान्त्रिक यातायात व्यबसायी संगठन लुम्बिनी प्रदेशको दोस्रो भेला तथा अधिवेशन बुधवार बुटवलमा सम्पन्न भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संगठनका ईन्चार्ज टेक बहादुर बस्नेतले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि यातायात व्यवसाय क्षेत्रले महत्तवपूर्ण भुमिका खेलेको भएता पनि संघीयता स्थापना भएपछि भने व्यावसायिहरु थप कानुनी जटिलता हरु थपिदै गएको बताउदै त्यस्ता जटिलताहरुको समाधान गर्नका लागि व्यवसायिक संस्थामा आवद्ध भएकाहरुलाई एकतावद्ध र एकढिक्का बनाई संगठितरुपमा सरकार र सरोकारवाला निकाय सङ्ग सङघर्ष र सहकार्य गर्न आवश्यक रहेको बताए ।
पछिल्लो समय संगठन भित्रका अन्तरबिरोधहरुलाई मिलाउदै अहिले भएका २ महासङलाई एउटै बनाउने अभियानमा लागेको भन्दै यसका लागि सबै व्यबसायीहरुले हातेमालो गर्नुपर्नेमा जोड दिए ।यातायात व्यावसायिहरुले दिने सेवा सुबिधा लाई परिस्कृत बनाउदै लैजानु पर्ने बताउदै भाडादरमा एकरुपता ल्याउन बैज्ञानिक भाडादर निर्धारण गर्नुपर्नेमा जोड दिदै ब्यबसायिक कानुनी झमेलाहरुलाई हटाउदै अब यातायात व्यावसायी मैत्री कानुन बनाउन सरकारलाई दबाब दिनुपर्ने बताए । समयले सम्झौता नगर्ने भएकाले समयमै हरेक गतिविधि टुङ्गाएर बजारमा सकरात्मक प्रभाव छोड्न र व्यवसायीहरुलाई काम प्रति उर्जा दिन संगठनले पहल गर्नुपर्ने बताए ।

बिशिस्ट अतिथि संगठनका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले व्यावसायिक हक हितका लागि संगठनको आवस्यकता हुने गरेको भन्दै श्रमजीवी वर्गको उत्थानका लागि सदैव संगठन अग्र स्थानमा रहेको बताए ।


कार्यक्रममा नेकपा माओवादी केन्द्रका रुपन्देहि संयोजक नारायण जिसी,डा.डोलनाथ खनाल ,खेमनारायण पराजुली ,सरोज कुमार खनाल लगाएतले बोल्दै व्यबसायिक हक हितका काम गर्दा एक्लैको प्रयास सम्भव नहुने हुंदा विचारमा एकता हुदै संगठनमा आवद्ध भई हरेक व्यबसायीको मुद्धालाई साझा मुद्धा बनाई हक अधिकारको लागि आवाज उठाउनु पर्ने बताएमा जोड दिएका थिए ।कार्यक्रम अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता तथा रामलाल खनालको सन्चालनमा सम्पन्न भएको थियो ।

 

अध्यक्षमा पुनः खत्री चयन

नेपाल गणतान्त्रिक यातायात व्यबसायी संगठन लुम्बिनीको अधिवेशनको बन्द सत्रले अध्यक्षमा पुनः जितेन्द्र खत्री लाई चयन गरेको छ भने १९ सदस्यीय प्रदेश कार्यसमिती निमार्ण गरेको छ ।जसको उपाध्यक्ष चन्द्रमान श्रेष्ठ,रवि प्रसाद कर्मचार्य,सचिव रामलाल खनाल ,कोषाध्यक्ष कमल श्रेष्ठ सदस्यहरुमा भोजराज पन्थी, सुनिल नेपाली,मन ब.कामी,केशवराज घिमिरे ,विनोद गौतम्,दिप प्रकाश गौतम,टंकनाथ बस्याल,शिवसंकर थारु,राम कृष्ण पाण्डे,विष्णु प्रसाद पोख्रेल ,सुनिल गौतम,विष्णु अर्याल,सफल बुढा मगर र कन्यौया राज थारु रहेका छन् । साथै १२ जिल्ला लाई चलाएमान बनाउन जिल्ला संयोजकको जिम्मेवारी समेत दिएको छ ।