माओवादी केन्द्र सल्यान जिल्लाको सचिवको जिम्मेवारी प्राप्त गर्ने को हुन राना ?
बैशाख २१ सल्यान
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सल्यान जिल्लाको सचिवको जिम्मेवारी कीर्ति बहादुर रानाले पाउनु भएको छ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति सल्यानको सातौ पुर्ण बैठकबाट रानाले सचिव पदको जिम्मेवारी प्राप्त गर्नुभएको हो।
सल्यान जिल्ला बनगाड कुपिन्डे नगरपालिका वडा नं ५ स्थायी निवासी राना माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य हुनुहुन्छ।
सल्यान जिल्लाको कम्युनिष्ट स्थापना घटका एक पुरानो नेताको रुपमा चिनिनु भएका नेता राना ०४४ साल देखि अनेरास्वयियु छैटौमा आवद्ध हुदै २०५१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो।
१० बर्षिय महान जनयुद्धमा निरन्तर पार्टी संगठनमा जिम्मेवारीमा रहनु भएका राना २०४८ साल असार देखि २०५१ साल सम्म प्रभात प्रा वि जलजलामा शिक्षको भूमिमा रहनु भयो।
२०५१ साल देखि माओवादी पार्टीको पुर्णकालिन सदस्य हुनुभएको राना जनयुद्धकालिन समयमा २०५५ सालमा पार्टी संठनको जिम्मेवारीमा खटिदै गर्दा सल्यान जिल्लामा घाइते हुनुभएको थियो।
संगठन निर्माण तथा व्यवस्थापनको जिम्मेवारी समाल्नु भएका रानाले गण्डक क्षेत्रमा २०६१ श्रावन देखि २०६४ असोज सम्म तनहुँ निर्वाचन क्षेत्र नं ३को इन्चार्ज काम गर्नु भएको थियो।
शान्ती प्रक्रिया पछि मात्रै सल्यान जिल्लामा कार्यक्षेत्रको जिम्मेवारी प्राप्त गर्नुभएका राना ले २०६४ देखि श्रावन सम्म ८ नं इलाका इन्चार्ज हुदै ३ कार्यकाल ६ बर्ष पार्टीको बनगाड कुपिन्डे नगर समिती अध्यक्षको जिम्मेवारी समाल्नु भएको भयो।
२०६४ सालमा मगरात राज्य समिति सदस्य हुदै प्रदेश स्थापना देखि माओवादी केन्द्रको संस्थापक प्रदेश समिति सदस्यको रुपमा रहनुभएको छ।
शालिन र शान्त स्वभावका नेता राना २०७९ साल माघ १२ गते कर्णाली प्रदेश सकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माको प्रमुख स्वकीय सचिवको जिम्मेवारी प्राप्त गर्नुभएको थियो।
#माओवादी केन्द्र सल्यान जिल्लाको सचिवको जिम्मेवारी प्राप्त गर्ने को हुन राना ?सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा