नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको प्रदेश अध्यक्षमा गौतम

नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको प्रदेश अध्यक्षमा गौतम

बैशाख २२ सुर्खेत

नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको अध्यक्षमा डिल बहादुर गौतम निर्वाचित हुनुभएको छ।

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट यातायात व्यवसायी  संगठन कर्णाली प्रदेशको प्रथम भेला बाट सुर्खेतका डिल बहादुर  गौतम अध्यक्षमा निर्वाचित हुनुभएको हो।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेश समिति इन्चार्ज काली बहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रथम भेलाबाट डिल बहादुर गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति निर्वाचित  भएको छ।

जसको उपाध्यक्षमा हरिहर काफ्ले ज्वारीलाल भट्टराइ सचिव तेज बहादुर सिह कोषाध्यक्ष  हिमाली रोका  सदस्यहरु चन्द्र प्रकाश भारती ललित सापकोटा  बल बहादुर पुन गगन बहादुर मल्ल निर्वाचित हुनुभएको छ।

प्रथम भेला बाट निर्वाचित पदाधिकारहरुलाइ बधाइ तथा शुभकामना दिनुहुदै प्रदेश इन्चार्ज मल्लले संगठन शक्ती आर्जनका निम्ती भएकाले हरु संगठन जस्तै यातायात क्षेत्रको  संगठनको महत्वपुर्ण भूमिका रहेको बताउनु भयो।

अहिले ग्रामिन क्षेत्रका नागरिकहरुले यातायात व्यवसायीबाट दुःख पाएका समाचार बेला बेलामा सुन्न र देख्न पाएका छौ यो संगठनले यातायात क्षेत्रमा भएका बिकृतिका विरुद्ध नागरिक मैत्री सेवा सञ्चालन र व्यवसीक प्रतिवद्धतामा लाग्न सुझाउनु भयो।

पार्टीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज टेकबहादुर बस्नेतले पार्टीको भातृसंगठनका  रुपमा रहेको  यातायात ब्यवसायी संगठनले पार्टीको महत्वपुर्ण मोर्चाका रुपमा कार्य गर्ने जिम्मेवारी भएकाले पार्टी भन्दा भिन्न हैन पार्टीको अभिन्न अंगको रुपमा काम गर्न सुझाउनु भयो।

अहिले यातायात क्षेत्रमा मालिक र मजदुर जस्तो गरि बिभेद हुने गरेकाले यसका निम्ती यातायात क्षेत्रबाट नै मालिक र मजदुरको अन्त्य गर्ने र गणतन्त्रको रक्षा गर्न रक्षा कवजको रुपमा काम गर्ने भूमिका निर्वाह गर्न सल्लाह दिनुभयो।

कार्यक्रमा पार्टी अध्यक्ष बिमला केसी केन्दिय सदस्य ललित परियार यातायात ब्यवसायी संगठनका केन्द्रिय अध्यक्ष  ज्ञानेद्र श्रेष्ठ सुर्खेत जिल्ला पार्टी इन्चार्ज जित बहादुर राना  उपमहासचिव टंक प्रसाद बस्याल कोषाध्यक्ष पुरूषोत्म सिहँखडा  ब्यापार संगठन केन्द्रिय सदस्य पदमा बिष्ट  बाँके जिल्ला संयोजक धन बहादुर थापाको विशेष उपस्थिति रहेको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता