तिला बिकको उपचारको लागी आर्थिक समस्या श्रीमान पदम बिक (नविन)ले मागे भारतबाट सहयोग

तिला बिकको उपचारको लागी आर्थिक समस्या श्रीमान पदम बिक (नविन)ले मागे भारतबाट सहयोग

पुस्कर सल्यानी भारत अहमदाबाद २०७८ भदौ १९

सल्यान बनगाड कुपिन्डे नगरपालिका वडा नं ३ बाँझकोट निवासी ३८ बर्षकी तिला बिक अहिले भारतको अहमदाबाद मा उपचार गराइरहेकी छिन।

विज्ञापन

नेपालमा रोग पत्ता नलागेपछि भारतमा ज्यालामजदुरी गरी उपचार गर्न श्रीमान पदम बिक संग  भारत पुगेकी तिलाको स्वास्थ्यमा समस्या बढे सगै उपचारको लागी उनका श्रीमानले भारतबाट सहयोगको लागी अपिल गरेका छन।

दैनिक ज्यालामजुरी गरी श्रमतीको उपचारको लागी भारत पुगेका नविन लाइ भाग्यले नै ठगेझै भएको छ।

उपचारको क्रममा १ बर्ष पहिले भारतमा पुगेका नविन ले दैनिक रोजगार त गर्न पाएनान आर्थिक अभावको कारणले श्रीमतीको स्वास्थमा सुधार पनि ल्याउन सकेनान। राजनितीक यात्रा तय गरेका नबिन पुर्व जनमुक्ती सेना हुन।

यता सुर्खेतको गुर्भाकोट मा दुइ नावलकको बिचल्लि भएको छ। घरका अभिभावक नहुदा पिरमा कुन छोरा छोरी नहोला तर नावालक बिचल्ली हुदा झन समस्या भएको छ।

तिलालाइ पाठेघरको समस्या थियो नेपालमा उपचार गरिन तर निको भएन भारतमा पाठेघरको अप्रेशन भयो एक हप्ता अस्पतालको बसाइ पछि कोठामा पुगेकी तिलामा दुइ हप्तापछि पेटमा समस्या भयो अस्पतालमा जाँच गराउदा पेटमा पानी जमेको डाक्टरले बतायो ।

पेटमा जमेको पानी निकाल्न दोस्रो पटक पेटको अप्रेशन भयो तर उनलाइ उपचारमा आर्थिक अभावका कारणले उपचारमा जटिलता बढेको छ। उहिले उनि भारतको अहमदाबादको अस्पतालको बेडमा आर्थिक अभावका कारणले मृत्यु संग लडिरहेकी छिन ।

पारिवारिक आर्थिक अबस्था कम्जोर भएका नविनको दैनिक ज्यालामजदुरी बाहेक उनको आर्थिक श्रोत केही हुन सकेन यही  श्रोतको खोजी गर्दै भारत पुगेका नविनले श्रीमती तिला बिकको उपचारको २ बर्ष भारतको अहमदाबादमा उपचारको लागी पुगेका नविनले  कोरोना  महामारीको कारणले पनि सहज रुपमा उपचार भएन।

उपचार खर्च महङ्गो त्यसमा कोरोना महामारी दैनिक ज्यालामजदुरी बन्द भए पछि  श्रीमती तिला बिकको उपचारमा आर्थिक समस्या भएकाले आर्थिक सहयोगको लागी नविनले भारत बाट अपिल गरेका छन।

उनलाइ अहिले आयर पानी जमेको ठाउबाट दिशा बगीरहेको समस्या आर्थिक अभावका कारणले समाधान हुन सकेको छैन।

तिलालाइ सहयोग गर्न चाहने सहयोगी हातहरुले नबिन बिक को भारतको समप्कर्क न 7487959784  मा सम्पर्क गरी सहयोग गरिदिनुहुन उनका श्रीमान पदम बिक नविन ले अपिल गरेका छन ।   

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता