औद्योगिक प्रदर्शनी प्रतियोगिता २०८१ को प्रथप पुरस्कार केदारथान राडी उद्योगलाइ

औद्योगिक प्रदर्शनी प्रतियोगिता २०८१ को प्रथप पुरस्कार केदारथान राडी उद्योगलाइ

बैशाख २२ सुर्खेत

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक आयोजना गरिएको ओद्योगिक प्रदर्शनी प्रतियोगिता २०८१ को प्रथप पुरस्कार केदारथान राडी उद्योगले प्राप्त गर्न सफल भएको छ।

विज्ञापन

कर्णाली प्रदेश सकार उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय उद्योग निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको आयोजनामा ३ दिन सम्म आयोजना गरिएको प्रदर्शनी कार्यक्रमबाट नगद रु ३० हजार धनराशी र सम्मानपत्र  द्वारा केदारनाथ राडी उद्योग पुरुस्कृत भएको हो।

सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्र भित्र गत बैशाख २० गते देखि ४८ उद्यमीहरुले कर्णालीमा उत्पादन भएका बस्तुहरुको प्रदर्शनी गरेका थिए।

पहिलो पटक आयोजना गरिएको प्रदर्शनीमा कर्णाली प्रदेश राजधानीमा कर्णालीका कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएका अर्गानिक बस्तुहरु प्रदर्शनीबाट उद्यमीहरुले सोचे जस्तो ब्यपार गर्न नसके पनि प्रदर्शनीले कर्णालीको उत्पादनमा टेवा पुर्याउन सहयोग गरेको केदारनाथ राडी उद्योगका सञ्चालक धनपति बुढाले बताउनु भयो।

केदारनाथ राडी उद्योग सञ्चालन तथा प्रदर्शनीले व्यापार सगै प्रचार प्रसारमा ठुलो सहयोग गरेकोले केदारनाथ राडी उद्योगले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको बुढाले बताउनु भयो।

केदारनाथ राडी उद्योगका सञ्चालक धनपति उमेरले अहिले ६६ बर्षको हुनुहुन्छ  जुम्ला सिजा गाउँपालिकामा घरेलु लघु उद्योगका रुपमा राडी पाखी लिउ बुन्ने दैनिका रुपमा रहेको पेशा उहाँको पेशा उद्योगका रुपमा सञ्चालन भएको अहिले १ बर्ष  पुगेको छ।

गाउँको मान्छे सहर झरेर राडी उद्योग सञ्चालन गर्नु उहाँ संग ठुलो चुनौती भएको बताउनु हुन्छ।

गाउँमा राडी बुन्ने तर सहरमा आएर ब्यापार गर्दा उत्पादन लागत भन्दा कम मुल्यमा लिउ राडी बचेको गुनोसो सुनाउनु हुन्छ बढा

कर्णाली प्रदेश सरकारले औद्योगी निति तयार पारी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा औद्योगिक ग्राम सञ्चालन गर्ने निति अनुसार सुर्खेतमा सञ्चालन गरेको औद्योगिक ग्राम भित्र ७ नं स्टल भाडामा लिएर व्यवसाय सञ्चालन गरेका बुढाले पहिलो पटक ठुलो धनराशीको पुरस्कार प्राप्त गरेको बताउनु भयो।

राडीपाखी तथा लिउ प्रशिक्षक समेत रहनु भएका बुढा अहिले सुर्खेतमा रहेको औद्योगिक ग्राम भित्र केदारनाथ राडी उद्योग सञ्चालन गरि राडी बुन्ने प्रशिक्षण समेत दिने गरेको बताउनु भयो।

प्रदेश सरकारले कर्णालीको कच्चा पदार्थ उत्पादन प्रशोधन तथा उद्योग बाट उत्पादन गरेका बस्तुहरु बजारीकरण गर्न सहयोग गर्ने उदेश्यले सञ्चालन गरेको प्रदर्शनी कार्यक्रमबाट कर्णालीका लघुउद्यमीहरु थप व्यवसाय तिर लाग्ने प्रेरणा प्राप्त भएको बताउनु भयो।

प्रदेश सरकाले कर्णालीमा उत्पादन भएका  कच्चा  पर्दाथबाट  उत्पादित गरेका अर्गानिक बस्तुहरुलाइ व्रान्डिग  गरी अन्तराष्ट्रिय बजारमा बजारीकरण गर्न सहयोग गरे उद्यमीहरुबाट उत्पादन बृद्धि हुने जीकीर गर्नु भयो।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता