जलश्रोत मन्त्री परियारको पहिलो निर्णय खानेपानीमा गुणस्तरीय सुधार कार्यक्रम लागु गर्ने
बैशाख १९ सुर्खेत
कर्णाली प्रदेश सरकारका नवनियुक्त जलश्रोत तथा उर्जाविकास मन्त्री रनसिहं परियारले कर्णाली प्रदेशमा खानेपानीमा गुणस्तरीय सुधार कार्यक्रम लागु गर्ने निर्णय गरर्नुभएको छ।
गत बैशाख १२ गते विनाबिभागीय मन्त्रीमा नियुक्त हुनुभएका परियारले आज जलश्रोत तथा उर्जाविकास मन्त्रालयको एक हप्तापछि जिम्मेवारी प्राप्त गरेको पहिलो दिनमा प्रदेशमा गुणस्तरीय खानेपानी सुधार कार्यक्रम लागु गर्ने निर्णय गर्नुभएको हो।
मन्त्री पदभार ग्रहण गरेको पहिलो दिनमा मन्त्रालयका सचिव तथा मताहतका कार्यालय प्रमुखहरुलाइ निर्देशन गर्दै मन्त्री परियारले कर्णालीमा खानेपानी स्वच्छता तथा सरसफाइ कार्यक्रम ग्रामिन क्षेत्रका नागरिकको पहुँचमा नभएको र नागरिकको पहुँचमा पुर्याउन खानेपानीमा गुणस्तरीय सुधार कार्यक्रम लागु गर्ने निर्णय कार्यान्वयमा गृहकार्य गर्न सुझाउनुभएको छ।
कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन्। प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको तथ्याङ्कलाइ विश्लेषण गर्दा विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख ९४ हजार आठ सय ८९ मध्ये सरकारी तथ्याङ्कअनुसार अधिकांश नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर रहेकाे तथ्याङ्कका आधारमा प्रदेशमा खानेपानीमा गुणस्तीय सुधार कार्यक्रम लागु गर्न आवश्यक रहेको मन्त्री परियारले बताउनु भयो।
कर्णालीमा ८६ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा पुगेको भएतापनि प्रदेशमा अझै छ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीको पहुँचमा छैन।
‘प्रदेशका धेरै नागरिक खुला पोखरी, खोला, खाल्सा र नदीको दूषित पानी पिउन बाध्य छन मन्त्री परियारले भन्नुभयो अहिले प्रदेशका ७९ वटै स्थानीय तहमा आधारभूतस्तरको खानेपानी सुविधा पुर्याउने लक्ष्य लिएर काम गर्नु मन्त्रालयका सचिव तथा मातहतका कर्मचारीहरुलाइ निर्देशन गर्नुभयो।
#जलश्रोत मन्त्री परियारको पहिलो निर्णय खानेपानीमा गुणस्तरीय सुधार कार्यक्रम लागु गर्नेसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा