सैनामैनामा सातौं राष्ट्रपति रनिङ शिल्ड तथा खेल सप्ताह सुरू

सैनामैनामा सातौं राष्ट्रपति रनिङ शिल्ड तथा खेल सप्ताह सुरू

 

सैनामैना – सैनामैना नगरपालिकामा नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड तथा खेल सप्ताह सुरू भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ सैनामैना नगर खेलकुद विकास समितिको आयोजनामा विहिबारदेखि प्रतियोगिता सुरू भएको हो ।

विज्ञापन

राष्ट्रपति रनिङ शिल्ड तथा खेल सप्ताहको  सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले उद्धघाटन गर्दै
शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको चर्चा गर्दै विद्यार्थीलाई विद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने दक्ष खेलाडी जन्माउने उद्देश्यले खेलकुदको विकासमा नगरपालिका लागिरहेको बताउनुभयो ।
खेलाडीहरूले नै राष्ट्रको नाम विश्वमा चिनाउन सक्ने र नियमित रूपमा खेल खेल्दा स्वस्थसमेत हुनाले खेलकुदले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । साथै खेल खेल्दा खेलाडी विधार्थीले अनुशासन भएर खेल्नुपर्ने बतााउनुुभयाे ।


विशिस्ट अतिथि सैनामैना नगर उपप्रमुख विना रानाले खेल कौशल देखाउने स्थान खेल सप्ताह भएकाले विधालय र विधार्थिहरुलाई खेलमा सहभागिता जनाउन आग्रह गर्नुभयो ।

विशिस्ट अतिथि सैनामैना नगरपालिका पुर्वमेयर चित्र बहादुर कार्किले खेलाडी राष्ट्रको गहना भएकाले विधालयस्तरबाट दक्ष खेलाडी उत्पादनमा नगरपालिकाले विशेष योजनासाथ खेल पुर्वाधार विकासका काममा लाग्नुपर्ने जोड दिनुभयो ।
उहाँले सामुदायिक र संस्थागत विधालयका विधार्थिहरुले प्रतियोगितामा समान सहभागीता जनाई खेलाडीले उत्कृष्ट खेल सँगै अनुशासन पनि प्रदर्शन गर्नुपर्ने भनाई राख्नुभयो ।

सैनामैना शिक्षा विकास समिति सदस्य एवं परोहा परमेश्वर नमुना माध्यमिक विधालय प्रधानाध्यापक नेत्रलाल पुरीले तिनैतहको सरकारले निश्चित मापदण्ड बनाएर एक विधालय एक खेल शिक्षक व्यवस्था गरि विधालयबाट खेलाडी उत्पादन र विश्वव्यापी पहिचानको आधार खेलकुद बनाउनेतर्फ ध्यान दिनुपर्ने जोड दिनुभयो ।

संस्थागत विधालयतर्फबाट प्रभात इङलिस बोर्डिङ स्कुलका प्राचार्य अनन्तराम शर्मा र सामुदायिक विधालयतर्फबाट परोहा माध्यमिक विधालयका प्रधानाध्यापक बल बहादुर के. सि.ले सरकारी तथा निजि विधायलमा अध्ययन गर्ने विधार्थीहरुको खेल प्रतिभा प्रस्फुटन गर्ने एउटै स्थान खेल सप्ताहले सैनामैनामा अब्बल खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


सैनामैना खेलकुद समितिका संयोजक खिम श्रेष्ठले यस स्थानीय तहमा खेलाडी उत्पादन गर्ने उदेश्यले हरेक वर्ष प्रतियोगिता संचालन गरिएको बताउनुभयो ।सैनामैनाका ३० वटा विद्यालयका गरि करिव २५ सय विद्यार्थीले सहभागिता जनाउने खेलमा अन्तर विद्यालय फुटवल, क्रिकेट, कबड्डी, एथलेटिक्स, तेक्वान्दो लगायत प्रतियोगिता हुने संयोजकश्रेष्ठले जानकारी दिनुभयो ।

सैनामैना नगरपालिका–४ को मुर्गिया खेलमैदानमा खेलहरू सञ्चालन भइरहेका छन् भने कृकेट प्रतियोगिता सैनामैना-७ बयारकट्टिकाे खेलमैदान हुनेछ । बिहिबारदेखि सुरू भएको प्रतियोगिता माघ १० गते बुधबारसम्म सञ्चालन हुनेछ ।


यस्तै उद्घघाटन कार्यक्रममा सैनामैना नगरपालिकाअन्तर्गतका २९ वटा विद्यालयका विद्यार्थीहरूले लामवद्ध भएर राष्ट्रिय झण्डा र आफ्नो विद्यालयको झण्डा लिएर मार्चपास गरेका थिए । उत्कृष्ट मार्चपास प्रदर्सन गर्दै सैनामैना परोहा परमेश्वर नमुना माध्यमिक विधालय प्रथम, काेटियादेवि माध्यमिक विधालय द्वितीय, परोहा माध्यमिक विधालय तृतीय र पशुपति माध्यमिक विधालयले सन्तवना स्थान हासिल गरेका छन् ।

सैनामैना खेलकुद विकास समितिका सदस्य अर्जुनप्रदास पोख्रेलको स्वागत तथा सदस्य सचिब डि.आर गैरेको संचालनमा कार्यक्रम सप्पन्न भएको थियोे ।