छाउगोठ भत्काउने नेतृत्व गरेकी गमता प्रदेश सरकारको  मन्त्री

छाउगोठ भत्काउने नेतृत्व गरेकी गमता प्रदेश सरकारको मन्त्री

बैशाख १९  सुर्खेत

कर्णाली प्रदेश सरकारको मन्त्री मण्डलमा यतिवेला दुइजना दलित समुदायको प्रतिनिधित्व भएको छ।

मन्त्री मण्डलमा हुम्लाबाट प्रत्यक्ष निर्वाचित रनसिहं परियार र दैलेख जिल्लामा समानुपातिक सासंद गतमा बिक मन्त्री मण्डलमा सहभागी भएका हुन।

रनसिहं परियार जलश्रोत तथा उर्जा बिकास मन्त्री भएका छन भने  गमता बिक भौतिक राज्य मन्त्री ।

कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र राज्य मन्त्री हरुको राजनैतिक जीवन यात्रा फरक फरक  रहेको छ।

तर दैलेख जिल्लाबाट सरकारमा सहभागी भौतिक पुर्वाधार तथा सहरी विकास राज्य मन्त्री गमता विक दैलेख जिल्लाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने पहिलो दलित मन्त्री बनेकी छिन ।

मन्त्री विकले २०५४ सालमा श्रीमानको राजनितिक प्रेरणाले नेकपा एमालेको राजनिती सूरवात गरेको बताउछिन।राजनितिमा सक्रिय भएकी गमताले राजनैतिक यात्रा तय  गर्दा महिला मुक्तीको बिषयमा छाउपडी प्रथाले २०५३ सालमा पहिलो पटक सुत्केरी हुँदा गमताले निकै निकै दुःख दिएको बताउछिन ।

पश्चिममा छाउपडीभन्दा सुत्केरी छाउ अझ कठोर भएकाले १२ दिनसम्म छाउ  गोठमा बस्नुपर्ने बाध्यता, अर्कोतिर गाई भैँसीलाई घाँस काट्नुपर्ने; सुत्केरी भएको तीन दिनमा पनि ठूलो रुखमा गएर घाँस काटेको बिर्सन नसकेको याद दिलाउछिन बिक।

छाउ भएको महिलाले बारीमा लगाएको अन्नबाली, घर वरपरको रुख, वृक्ष छोएपछि सुक्ने, गाई, भैँसी छोएपछि दूध दिन छाड्छ भन्थे ।

उनलाइ यी सबै कुराले मनमा बिद्रोह र सामाजिक जागरणको पिरलो नै हुने गरेको बताउछिन गमता  २०५७ सालमा छाउपडी प्रथा र छाउगोठ भत्काउन  आफूबाटै सुरु गर्नुपर्छ भनेर बेसारबारीबाट छाउप्रथा विरुद्ध विद्रोह सुरु गरी महिला मुक्तीको लागि घर देखि आन्दोलन थालेको बताउछिन।

बेसारबारी गोडमेल गर्दा बेसारबारी सुकेन । अनि छाउप्रथा एउटा अन्धविश्वासको जड रहेछ भन्ने उनलाई लाग्यो । त्यसपछि महिनावारी हुँदा उनी भान्साभित्र पसेर खाना बनाउन थाल्नुका साथै भैँसी पनि आफैँ दुहुन थालेको बताउछिन बिस्तारै  तरकारीवारिमा जान थालेकी विक दलित महिलाले महिनावारी नबार्ने अभियान चलाउनु  भनेको सामाजिक बिद्रोहको कलापहाड नै थियो।

गमताले गाउँमा आमा समूहदेखि सडक खन्ने क्रममा समेत महिलाको नेतृत्व गरिन् । चार भाइ र तीन बहिनी मध्येकी जेठो सन्तान गमताका बुवा उदय कामी कालापहाड जान्थे ।

आमासँगै मेलापात गर्दै भाइबहिनी हुर्काउने जिम्मेवारी उनको काँधमा थियो । २०३० सालमा अहिलेको आठबीस नगरपालिका–१ को बडरुखमा जन्मिएकी उनका लागि पढाइ त कल्पना बाहिरको थियो । ‌औपचारिक शिक्षाको दैलो देख्न नपाएकी उनि  २०४९ सालमा गाउँकै हरिश  बिक सँग वैवाहिक बन्धनमा बाँधिन।

विसं २०६१ मा विश्व खाद्य कार्यक्रमअन्तर्गत सञ्चालित कामका लागि खाद्यान्न कार्यक्रमले उनको घर नजिकैको टोलमा महिला समूह गठन गरी साक्षरता कक्षा (प्रौढ शिक्षा) सञ्चालनको योजना बन्यो त्यहीबाट उनी साक्षर भएर सामान्य लेखपढ गर्न जान्ने भएको बताउछिन।

त्यही साक्षरता कक्षाबाट सिकेको ज्ञानले सामाजिक काम गर्ने प्रेरणाबाट राजनितिमा सक्रिय भएकी विक अहिले दैलेख जिल्लाबाट पहिलो दलित मन्त्री बन्न सफल भएकी छिन।

गमताका श्रीमान् हरिश २०५४ सालमा एमालेबाट निर्वाचित वडा सदस्य थिए । उनकै प्रेरणाले गमता राजनीतिप्रति झुकाव बाट एमालेको वडा, गाविस उपाध्यक्ष, इलाका र क्षेत्रीय कमिटीमा लामो समय काम गर्दै  २०७१ मा जिल्ला कमिटी सदस्य बनेकी उनी अहिले नेकपा एमाले  कर्णाली प्रदेश समिति सदस्य छन।

दलित समुदायकी मान्छे, थुप्रै ठाउँमा अपमान सहँदै आइयो, पार्टीभित्र पनि निष्ठाको राजनीति कहाँ छ र ?’ गाउँ सभाजस्ता महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथि बनाउँदा प्रमुख दलका माथिल्लो वरीयतालाई आधार बनाउने प्रचलनले भुमिका विहिन बनाउने गरेको बताउछिन गमता।

जिल्ला कमिटी सदस्य हुँदा साबिक सात्तालामा अन्य पार्टीका त्यो तहका नेताहरू थिएनन् । तर गाउँसभामा दलित महिला भएकै कारण प्रमुख अतिथि स्वीकार गर्न तयार नरहेको दुःखान्त स्मरण गर्छिन बिक।

त्यस्तो विभेदपूर्ण प्रवृत्तिको भण्डाफोर गर्दै आज उनी राज्यमन्त्री बनेकी बिक २०६४ देखि ०७४ सम्म महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गरेको अनुभव पनि उनीसँग छ ।

त्यो बेला खाजा खान दिएको रकमले सुत्केरी गराउने बेड बनाउनेदेखि गाउँका गरिब, निमुखाको पक्षमा उभिएर अड्डा, अदालतसम्म धाउने काम गरेकी गमता गाउँमा उपचार सम्भव नहुँदा अशक्त बनेकाहरूको घाउमा मलम लगाउने स्रोत थिइन।

२०७४ मा उनलाई पार्टीले आठबिस नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनायो । स्वयंसेविकाबाट राजीनामा दिएर चुनाव लडेकी उनी ४२ मतान्तरले पराजित गमता दैलेख जिल्लाबाट दलिततर्फ सांसद बन्ने पहिलो महिला हुन्।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता