दार्मा गाउँपालिका सल्यानको नव निर्मित  प्रशासकीय भवन प्रधानमन्त्री प्रचण्ड द्वारा उद्धघाटन हुने

दार्मा गाउँपालिका सल्यानको नव निर्मित प्रशासकीय भवन प्रधानमन्त्री प्रचण्ड द्वारा उद्धघाटन हुने

बैशाख १९ सल्यान

दार्मा गाउँपालिका सल्यानको नव निर्मित प्रशासकीय भवन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री तथा  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पार्टी अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड द्वारा उद्धघाटन गरिने भएको छ।

नेपालको संबिधान २०७२ लाइ  पुर्ण रुपमा कार्यान्वयन गर्न  संघ प्रदेश तथा स्थानीय सरकारको  सहकार्य तथा समन्वयबाट संघीयतालाइ झन बलियो भएको प्रत्याभूत गर्न प्रधानमन्त्री प्रचण्ड बैशाख २८ गते सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्धघाटन गर्न सल्यान आउनु हुने  दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निम बहादुर केसी अरुणले जानकारी दिनुभएको छ।

दार्मा गाउँपालिका सल्यानको  नव निर्मित प्रशासकीय भवन प्रधानमन्त्री प्रचण्ड द्वारा उद्धघाटन  हुन्छ अध्यक्ष अरुणले भन्नुभयो।

संघीयताको सुत्राधार गर्ने प्रधानमन्त्री  तथा पार्टी  अध्यक्ष  प्रचण्ड  हो  संघीयताको जननी नै माओवादी केन्द्र नै भएकाले प्रधानमन्त्री  प्रचण्ड द्वारा दार्मा गाउँपालिका सल्यानको नव निर्मित प्रशासकीय भवन उद्धघाटन हुने भएकोले सामाजिक सञ्चालज मार्फत अध्यक्ष केसीले सबैलाइ उपस्थित हुन अनुरोध समेत गर्नुभएको छ।

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता