वामी सेवा समिति जापानको अध्यक्षमा थापा र वरिष्ठ उपाध्यक्षमा घिमिरे

वामी सेवा समिति जापानको अध्यक्षमा थापा र वरिष्ठ उपाध्यक्षमा घिमिरे

बुटवल – वामी सेवा समिति जापानको सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भयको छ । टोकियोको शिबुयास्थित मनसुन बारमा भयको ७ औं अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन लगरेको हो । समितिको अध्यक्षमा दिलिप थापा,बरिष्ठ उपाध्यक्षमा कृष्ण घिमिरे,उपाध्यक्ष विष्णु प्रसाद सापकोटा,महासचिव गोकुल खत्री,सचिव सुजन खत्री,सहसचिव रविन कक्षापति, कोषाध्यक्ष होमलाल सापकोटा, सहकोषाध्यक्ष ईश्वरी सापकोटा चयन भयका हुन भने सदस्यहरुमा खिम बहादुर खत्री,मख्खन घर्ती,सुवास परियार,यज्ञ प्रसाद घिमिरे,प्रकाश जिसी,खिम बहादुर नेपाली,टंक लामिछाने,बावुराम काफ्ले, शिव केसी,डिवी रायमाझी, देव सापकोटा निर्वाचित भयका छन् ।

त्यस्तै महिला उपाध्यक्षको पद कार्य समितिको पहिलो बैठकले तय गर्ने अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार कार्य समितिले हरेक वर्षको जनवरी १ तारिखमा साधारण सभा तथा अधिवेशन गर्दै आयको छ ।

विज्ञापन

समितिले जापान तथा नेपालमा समस्यामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग जुटाउनेदेखि गुल्मीको वामीमा शिक्षा,स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्दै आयको छ । संस्थाले स्थापना काल(२००८) देखि झण्डै ५, ६ करोड रकम बराबरको आर्थिक तथा भौतिक सहयोग गरिसकेको वरिष्ठ उपाध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार समाजले आगामी दिनमा गुल्मीमा स्वास्थ्य शिविर,रक्तदान लगायतका कार्यक्रम समेत राख्ने योजना बनाएको छ ।

 

जापान तथा नेपालमा समेत व्यवसाय गर्दै आयका वरिष्ठ उपाध्यक्ष घिमिरेले व्यक्तिगत रुपमा समेत सामाजिक कार्यमा सहयोगी भूमिका खेल्दै आएका छन् । लामो समयदेखि जापानमा नेपाली यूवाहरुलाई समेत रोजगार दिदैं आएका उनले नेपालमा रेष्टुरेण्ट तथा कृषी व्यवसायमा पनि हात हालेका छन् ।

 

घिमिरेले रुपदेन्हीको बनवाटिका, बुद्धविहार नजिकै झण्डै २ करोडको लगानीमा डाली रेष्टुरेण्ट संचालनमा ल्याएका छन् । विदेशी भूमिमा मात्र पसिना बगाउनु भन्दा नेपालमा पनि केही गरौं भन्ने उदेश्यका साथ उनले नेपालमा रेष्टुरेण्ट व्यवसाय गरेका छन् ।