अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको अध्यक्षमा संजेल निर्वाचित

अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको अध्यक्षमा संजेल निर्वाचित

 

नेकपा ( माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको २० औँ सम्मेलनले निश्चल संजेलको नेतृत्वमा ६५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ ।

विज्ञापन

जसको उपाध्यक्षमा प्रदिप पराजुली, सुदिप श्रेष्ठ र कमल न्यौपाने ,सचिवमा  प्रल्हाद विश्वकर्मा , सहसचिवमा उमेश लामिछाने, हितबहादुर तामाङ र रुपा न्यौपाने ,कोषाध्यक्षमा मञ्जु नेपाल निर्वाचित भएका छन् ।

‘शिक्षा स्वास्थ्य रोजगारको लागी हाम्रो अभियान, सामाजिक न्याय सहित आर्थिक समृद्विको पक्षमा २० औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ जिल्लाको सदरमुकाम चौतारामा सम्पन्न भएको सम्मेलनको हो ।