लुम्बिनीमा मोन्लम पूजा शुरु, उपाध्यक्ष डा. लामाले गरे उद्घाटन

लुम्बिनीमा मोन्लम पूजा शुरु, उपाध्यक्ष डा. लामाले गरे उद्घाटन

 

लुम्बिनी -बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक गतिवविध प्रवद्र्धन गर्दै बौद्धमार्गीहरुलाई आमन्त्रण गर्ने गरी विहिबारदेखि प्राणीधान मोन्लम पूजा शुरु भएको छ ।

विज्ञापन

महायाना अन्तर्गत महागुरूको स्मृतीमा विश्व शान्तिको कामना गर्दै लुम्बिनी स्थित मायादेवी मन्दिर अगाडि ५ दिने पूजा शुरु भएको हो । पुजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य एंव खेन्पो छिमे डा. ल्हारक्याल लामाले शुभारम्भ गरे । उनले कोभिडपछि लुम्बिनीमा बौद्ध धार्मिक गतिविधि शून्य जस्तो भएको अवस्थामा आफू नेतृत्वमा आएपछि मोन्लम पूजालाई प्राथमिकता दिएको बताए । उनले यो वर्षमा मात्रै ५ वटा मोन्लम पूजा गरिएको बताउँदै अर्को बर्ष यसलाई बृद्धि गर्ने बताए ।

लुम्बिनी पुण्य भूमि भएकाले महायाना परम्पराका बौद्धिष्टहरु पूजा गर्न इच्छुक हुने भएकाले कोषका तर्फबाट वातावरण बनाउने काम भइरहेको छ । पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाको कामना गरिने उनले बताए । महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा शुरु भएको मोन्लम पूजामा उपाध्यक्ष डा. लामा सहित प्रख्यात रिम्पोछेहरु छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छे सहभागी छन् ।

यसका साथै रिपोछेहरु सहित विभिन्न गुम्बाहरुका लामा, आनी एकै ठाउँमा भेला भई मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको छ । मायादेवी मन्दिर परिसरमा आयोजित पुजाले लुम्बिनीको वातावरणमा एक प्रकारको आध्यात्मिक तरंग ल्याएको छ ।

मोल्नम पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी समेत रहेका हलिउड स्टार जेट्ली समेत सहभागी छन् । उनी मोल्नम पुजा अवधिभर सहभागी हुनेछन् । भगवान बुद्धका उपदेशहरु पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको पुजाको महायान परम्परामा निकै ठूलो महत्व छ । लुम्बिनी विकास कोषले मोन्लम जस्ता पुजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्दै आएको छ । लुम्बिनीमा आयोजना हुने यस्ता पुजाले लुम्बिनीमा धार्मिक पर्यटकहरु आर्कषित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।