लुम्बिनीमा मोन्लम पूजा शुरु, उपाध्यक्ष डा. लामाले गरे उद्घाटन
- ई प्रतिबिम्ब
- २०८० माघ ११
- 550 views
लुम्बिनी -बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक गतिवविध प्रवद्र्धन गर्दै बौद्धमार्गीहरुलाई आमन्त्रण गर्ने गरी विहिबारदेखि प्राणीधान मोन्लम पूजा शुरु भएको छ ।
महायाना अन्तर्गत महागुरूको स्मृतीमा विश्व शान्तिको कामना गर्दै लुम्बिनी स्थित मायादेवी मन्दिर अगाडि ५ दिने पूजा शुरु भएको हो । पुजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य एंव खेन्पो छिमे डा. ल्हारक्याल लामाले शुभारम्भ गरे । उनले कोभिडपछि लुम्बिनीमा बौद्ध धार्मिक गतिविधि शून्य जस्तो भएको अवस्थामा आफू नेतृत्वमा आएपछि मोन्लम पूजालाई प्राथमिकता दिएको बताए । उनले यो वर्षमा मात्रै ५ वटा मोन्लम पूजा गरिएको बताउँदै अर्को बर्ष यसलाई बृद्धि गर्ने बताए ।
लुम्बिनी पुण्य भूमि भएकाले महायाना परम्पराका बौद्धिष्टहरु पूजा गर्न इच्छुक हुने भएकाले कोषका तर्फबाट वातावरण बनाउने काम भइरहेको छ । पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाको कामना गरिने उनले बताए । महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा शुरु भएको मोन्लम पूजामा उपाध्यक्ष डा. लामा सहित प्रख्यात रिम्पोछेहरु छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छे सहभागी छन् ।
यसका साथै रिपोछेहरु सहित विभिन्न गुम्बाहरुका लामा, आनी एकै ठाउँमा भेला भई मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको छ । मायादेवी मन्दिर परिसरमा आयोजित पुजाले लुम्बिनीको वातावरणमा एक प्रकारको आध्यात्मिक तरंग ल्याएको छ ।
मोल्नम पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी समेत रहेका हलिउड स्टार जेट्ली समेत सहभागी छन् । उनी मोल्नम पुजा अवधिभर सहभागी हुनेछन् । भगवान बुद्धका उपदेशहरु पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको पुजाको महायान परम्परामा निकै ठूलो महत्व छ । लुम्बिनी विकास कोषले मोन्लम जस्ता पुजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्दै आएको छ । लुम्बिनीमा आयोजना हुने यस्ता पुजाले लुम्बिनीमा धार्मिक पर्यटकहरु आर्कषित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्