ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
प्रदेश प्रमुख परियारले सोनामल्होसार पर्व २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

प्रदेश प्रमुख परियारले सोनामल्होसार पर्व २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

माघ २७ सुर्खेत

कर्णाली प्रदेश प्रमुख  तिलक परियारले सोनामल्होसार पर्व २०८० को अवसरमा सम्पुर्ण नेपाली सगै कर्णाली प्रदेशवासीका लागि  शुभकामना सन्देश दिनुभएको छ।

विज्ञापन

तामाङ समुदायको सांस्कृतिक पर्व सोनामल्होसार नया“ वर्ष २८६० शुरु भएको दिनको अवसरमा कर्णालीबासी लगायत स्वदेश तथा विदेशमा रहनु भएका तामाङ दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रदेश प्रमुख परियारले शुभकामना सन्देश दिनुभएको हो।

हरेक बर्ष सोनामल्होसार मन्जुश्री पात्रो अनुसार माघ शुक्लप्रतिपदा देखी पुर्णिमा सम्म तामाङ समुदायले पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रम सहित धुमधामसङ्ग मनाउने प्रचलन  रहेको छ।

हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता,सामाजिक,सांस्कृतिक ऐक्यवद्धता सहिष्णुता र सदभावलाई संरक्षण एवं प्रवद्र्वन गर्दै वर्गिय,जातीय,क्षेत्रीय,भाषिक,धार्मिक,लैगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक सुनिश्चित गर्न समानुपाकि समावेशी र सहभागीतामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्न सम्पुर्ण नेपाली जातजाति भाषा संस्कृतिको संरक्षण गर्न र सहअस्तित्वमा सबैको समान सहभागिताको  प्रतिक सोनामल्होसार पर्व नयाँ वर्ष २८६० लाइ लिन सन्देश दिनुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता