प्रदेश प्रमुख परियारले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा दिनुभएको  शुभकामना सन्देश

प्रदेश प्रमुख परियारले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा दिनुभएको शुभकामना सन्देश

बैशाख  १९  गते  सुर्खेत

कर्णाली प्रदेश प्रमुख  तिलक परियारले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸२०२४ को अवसरमा सम्पूर्ण कर्णालीबासी लगायत स्वदेश तथा विदेश रहनुभएका नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति,समृद्धि तथा उन्नतिका लागि निरन्तर आफनो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकहरूप्रति म यस अवसरमा हार्दिक सम्मान तथा शुभकामना व्यक्त  गर्नुभएको छ ।

विज्ञापन

नेपाल यतिबेला लामो संघर्षबाट प्राप्त गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता, धार्मिक, सा“स्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक भएको  सन्देशमा उल्लेख गर्नुभएको छ।

सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकारको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मे १  आजको दिन महत्वपुर्ण दिन हो सन्देशमा भन्नुभएको छ।

आफनो अधिकारका लागि एकतावद्ध सङ्घर्ष मार्फत् विजय हासिल गरेको यस गौरवपूर्ण विश्व श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्न पाउदा मलाई खुसी लागेको बताउदै  नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएकाले नागरिकको श्रमिक अधिकार सुनिश्चित हुनेमा विश्वास गर्न आग्रह गर्नु भयो।

श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफनो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरिएको छ । देशमा श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रूपान्तरण सम्भव रहदैन । तसर्थ,संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको हो ।संवैधानिक व्यवस्थापनलाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको महत्वपूर्ण पक्ष हो  भएको बताउनुभएको छ।

अन्तमा,विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि ट्रेड युनियनहरु श्रमिकहरुको हकहित संरक्षणका निम्ति संगठित, सक्षम, पेशामूखी र व्यवसायिक मर्यादातर्फ अग्रसर हुदै आएकोमा खुसी व्यक्त गर्दै मे दिवसको यस सुखद् अवसरमा सम्पूर्ण मजदुर तथा श्रमिक नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दै सबैमा शुभकामना व्यक्त  गर्नुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता