प्रदेशकको आर्थिक समृद्धिमा नयाँ दृष्टिकोणको थालनी हुन्छः अर्थमन्त्री केसी

प्रदेशकको आर्थिक समृद्धिमा नयाँ दृष्टिकोणको थालनी हुन्छः अर्थमन्त्री केसी

बैशाख १९ सुर्खेत

कर्णाली प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री महेन्द्र केसीले कर्णाली प्रदेशलाइ आर्थक समृद्धितिर लैजान  नयाँ दृष्टीकोणको थालनी गर्ने बताउनुभएको छ।

विज्ञापन

मन्त्री केसीले पदभार ग्रहण गरेको पहिलो दिनमा स्थानीय तहमा राजस्व वाँडफाँड सम्बन्धी क्षेत्र अधिकार निर्धारण गर्ने निर्णय गर्दै  कर्णालीको आर्थिक समृद्धि गर्न आन्तरिक राजस्व प्रणाली मजवुद भए मात्रै प्रदेशको आर्थिक समृद्धि हुने बताउनु भयो।

मन्त्रालयमा मन्त्रालयका निमित्त सचिव तथा मातहतका कार्यलय प्रमुकहरुलाइ निर्देशन गर्दै कर्णाली प्रदेश सकारले लिएको निती अनुसार स्थानीय तहमा राजस्व बाँडफाड सम्वबन्धी क्षेत्र अधिकार निर्धारणको कार्यान्वयन गर्न आफुले राजस्व सम्बन्धी पहिलो निर्णय गरेको बताउनु भयो।

आर्थिक मामिला तथा योजना मन्त्रालयले कर्णालीका नागरिकको भाग्यको मार्गनिर्देशन गर्ने हो तर अहिले दुइ चरण माझमा प्रदेश सरकार रहेकाले बजेटको कार्यान्वयको अवस्था र बजेट निर्माणको अवस्थालाइ समायोजन गर्न कार्यलय प्रमुखहरुलाइ  निर्देशन गर्नु भयो।

अहिले कर्णालीको बिकासको पहिलो बाधकका रुपमा  भौगोलिक विकटता भन्दा पनि असल राजनैतिक नेतृत्व  प्रशासनीक टिम र जनसमुदायको श्रम गर्ने उर्जाशिल चेतनाको सहि सदुपयोग गरे कर्णाली समृद्धिको यात्रा सहज हुने बताउनु भयो।

भिडियो सुन्न यहाँ क्लिक गर्नुहोस

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता