कृषि मन्त्री शर्माद्वारा अर्गानिक कोसेली घर हस्तान्तरण

कृषि मन्त्री शर्माद्वारा अर्गानिक कोसेली घर हस्तान्तरण

बैशाख १३ सुर्खेत

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले अर्गानिक कोशेली घर चन्नदननाथ मिनि मार्केट एण्ड सप्लायार्स चन्दननाथ बहुउद्धेशीय सहकारी संस्थालाई  औपचारिक रूपमा हस्तान्तरण  गर्नु भएको छ।

विज्ञापन

मन्त्रालयको पहलमा सुर्खेत नागरिक उड्डयन प्राधिकरणको यात्रु आगमन गेटको छेउमा स्थापना गरिएको अर्गानिक कोशेली घर चन्दननाथ वहुउद्धेशिय सहकारी संस्था लि लाइ मन्त्री शर्माले हस्तान्तरण गर्नु भएको हो।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सुर्खेत नागरिक उड्डयन प्राधिकरण बिचको पाँच बर्षिय करार जग्गा सम्झौतामा ३२ लाख लगानीमा निर्माण गरिएको मिनि मार्केट स्टलको कोटेसनको आधारमा मासिक १३ हजार स्टलभाडा सम्झौतामा दुइ बर्ष अगाडि उद्धघाटन भएको अर्गानिक कोशेली घर मन्त्री शर्माले औपचारिक रुपमा चन्दननाथ वहुउद्धेशिय सहकारी संस्थालाई हस्तान्तरण गर्दै कर्णालीको रैथाने बस्तुको उत्पादन बजारी करणमा प्रदेश सरकार प्रतिबद्ध भएको बताउनु भयो।

कृषि तथा पशु जन्य उत्पादन तथा बजारीकरण गर्न बजार सुरक्षाको ग्यारेन्टी गर्न सके उत्पादनमा वृद्धि हुने बताउँदै अब बजार सुरक्षाको जिम्मा प्रदेश सरकार लिन तयार भएकाले उत्पादनमा लाग्नु पर्ने बताउनु भयो।

अहिले उत्पादनको समस्या हो बजारको होइन हामी गुजारा मुखी उत्पादनबाट माथी उठी  व्यवसायी मुखी उत्पादन गर्न सके मात्र बजार सुनिश्चित हुने भएकाले कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश तथा रैथाने बालीको उत्पादन र बजारीकरण गर्ने कार्यक्रमको लक्ष हासिल गर्न सफल हुने बताउनु भयो।

कर्णालीको रैथाने उत्पादनको अहिले देश तथा बिदेशमा माग बढेकाले कर्णालीका रैथाने उत्पादन मुल्यबान बनाएर बिक्रि गर्न सके कर्णाली आर्थिक समृद्धिमा अगाडि बढने बढ्ने बताउनु भयो।

अहिले रैथाने बालीको उत्पादनको अबस्थाबारे वास्तिक तथ्याङ्क नहुदा सरकारले बजारीकरणको ठोस योजना तथा कार्यक्रम बनाउन नसकिरहेकाले यसको बास्तविक तथ्याङ्क संकलन गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिनु भयो।

अर्गानिक बस्तु उत्पादन मात्रै हैन खाने वानीको बिकास गर्न सके कर्णालीमा भोक सगै रोग र कुपोषण रोकथाम हुने भएकाले रैथानेबालीको प्रयोग गर्न सबैलाइ अनुरोध गर्नु भयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता