प्रदेश प्रमुख तिलक परियारले नयाँ वर्षको अवसरमा दिनुभएको  शुभकामना सन्देश ।

प्रदेश प्रमुख तिलक परियारले नयाँ वर्षको अवसरमा दिनुभएको शुभकामना सन्देश ।

बैशाख १ सुर्खेत

नयाँ वर्ष २०८० को यस सुखद उपलक्ष्यमा कर्णाली वासी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ।

विज्ञापन

यो नयाँ वर्षले हामी सबैमा नयाँ सोच,नयाँ समाधान र थप जोश, जागर सिर्जना गरी मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने शुभकामना समेत व्यक्त  गर्नु भएको छ।

हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएका छौ ।

तसर्थ नयाँ वर्ष आशा‚अपेक्षा र उमङ्गको उत्सव पनि हो,हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुजीको विकासद्धारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्छ ।

ठूलो संख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न रोजगारी र अवसरहरुको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाई गरिनु हुदैन । जनताको जीवनसङ्ग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य‚ कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरु अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म सबैमा आह्वान गर्दछु । प्रकृतिले दिएको हिमाल‚पहाड‚तराई तथा जलस्रोत एवं जैविक विविधतामाथि हामी स्वयम्को क्रियाकलाप र जलवायु परिवर्तनले नकारात्मक प्रभाव पारिरहेको छ । प्रकृति प्रदत्त स्रोतहरुको दिगो व्यवस्थापन एवं उपयोग मार्फत् वातावरणमैत्री आर्थिक विकासद्धारा राष्ट्रिय आकांक्षा पूरा गर्न प्रयत्नशील हुनुपरेको छ ।

अन्तमा: नयाँ वर्ष २०८० ले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश,जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास‚ कुरीति एवं कुसंस्कारहरुलाई हटाउदै न्यायपूर्ण‚सभ्य र सुसंस्कृत समाज निर्माण गर्न सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् तथा सवैं समुदायका नेपालीबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुरयाओस भन्ने शुभेच्छा सहित पुनः शुभकामना सन्देश दिनुभएको हो।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता