प्रदेश प्रमुख तिलक परियारले  दिनुभएको  गणतन्त्र दिवसको शुभकामना सन्देश

प्रदेश प्रमुख तिलक परियारले दिनुभएको गणतन्त्र दिवसको शुभकामना सन्देश

जेठ १५ सुर्खेत

१६ औं गणतन्त्र दिवसको शुभकामना सन्देश गणतन्त्र दिवसको उपलक्ष्यमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले शुभकामना सन्देश दिनुभएको छ।

विज्ञापन

प्रमुख परियारले  स्वदेश र विदेशमा रहनुभएका नेपाली आमाबुबा दिदीबहिनीदाजुभाईहरूमा सामाजिक न्याय,सुशासन,समृद्धि प्राप्त गरी उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त  गर्नु भएको हो।

झण्डै अढाइ सय बर्ष पुरानो हिन्दु एकात्मक सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्थाको अन्त्य गरी गणतन्त्र,संघियता,धर्मनिरपेक्षता,समानुपातिक समावेशी सहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्ध,१९ दिने जनआन्दोलन भएको अवगतै गराउत भएको बताउदै   देशमा विद्यमान जाति,जनजाति,महिला दलित,मधेसी उपक्षित क्षेत्रका उत्पीडित जनसमुदाय लगायतको मुक्ति संघर्ष र बलिदानको उच्च सम्मान गर्दै,आफनो अमुल्य जीवन वलिदान गर्ने महान शहिदहरु प्रति हार्दिक श्रदाञ्जलि अर्पण  गर्नुभएको छ।

बेपत्ता योद्धाहरुको उच्च सम्मान र घाइते अपाङ्ग योद्धाहरुको सम्मान एवं जेलमुक्तिको कामना सहित करोडौं नेपालीहरुको त्याग,वलिदान र सक्रिय सहभागीताबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न सात राजनैतिक दल र माओवादी विद्रोही विचको १२ बु“दे सहमति, वृहत शान्ति सम्झौताको आधारमा अन्तरिम संविधान, दुई–दुई पटक संविधानसभाको निर्वाचनबाट नेपाली जनताको अधिकार नेपालको संविधान–२०७२ ले संस्थागत गरेको छ ।

यी अधिकारको रक्षा,प्रयोग र थप विकास गर्दे अघि बढनु आजको आवश्यक्ता रहेको छ । यसका लागी हिमाल, ,पहाड,मधेश,तराई वीचको जनएकता र राष्ट्रिय सहमति कायम गरी अघि बढ्न यस दिवसले प्रेरित गरोस भन्ने अपेक्षा गर्दछु । अन्तमा‚नेपाली जनतालाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्धारा राष्ट्रिय एकता,भौगोलिक अखण्डता, सार्वभौमसत्ता,स्वाधिनता अझ सुदृढ गर्दै संबिधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने उर्जा मिलोस भन्ने शुभेच्छा सहित हार्दिक शुभकामना  सन्देश दिनुभएको छ।

शुभकामना सन्देशको पुर्ण पाठ

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता