बुटवलमा हार्मोनियम तथा मादल बजाउने तालिम शुरु

बुटवलमा हार्मोनियम तथा मादल बजाउने तालिम शुरु

 

बुटवल – बुटवल उपमहानगरपालिका वडा नं १० को आयोजनामा ३ महिने हार्मोनियम तथा मादल बजाउने तालिम शुरु भएको छ ।

विज्ञापन

तालिमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं १० का अध्यक्ष बल बहादुर पुनले  वडा भित्र रहेका नागरिकहरुमा रचनात्मक र सिर्जनात्मक व्यक्तित्व विकासका लागि सकारात्मक सोचका साथ सामुहिकतामा घुलमिल बनाउनका लागि भजन , कृतन पुजा आजा मा आफैंले गाउन बजाउन सकुन भनेर यस किसिमको तालिमको आयोजना गरेको बताए ।

कार्यक्रममा राग श्री सगिंतालयका सन्चालक सुरेस सेन्चुरीले
पुरानो कला, सस्कृतिक संरक्षण र प्रवर्दनमा  हरेक नागरिकले चासो दिनु पर्ने बताउदै आफुले जानेका पुराना महत्वपुर्ण बिषयबस्तुलाई नयाँ पिढिलाई पुस्तान्तर गर्दै जानुपर्नेमा जोड दिए ।

त्यस्तै तालिमको उद्घाटन सत्रमा वडा न १० का वडा सदस्य रमेश प्रसाद अधिकारी, यमुना काउचा , मिन सारु लगाएतले बोल्दै समाजमा रहेको विबिधतालाई जोडि सास्कृतिक एकता कायम गराउनका लागि सबैले पहल गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रम पारिजात आमा समुहका अध्यक्ष बिजु क्षेत्रीको स्वागत तथा सचिव गणेश प्रसाद न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियो ।