नेपाल रेडक्रस साेसाईटी पर्राेहा उपशाखाको रक्तदान, ७५ युनिट रगत संकलन

नेपाल रेडक्रस साेसाईटी पर्राेहा उपशाखाको रक्तदान, ७५ युनिट रगत संकलन

सैनामैना- नेपाल रेडक्रस साेसाईटी सैनामैना उपशाखा (पर्राेहा) काे आयाेजनामा सोमबार सैनामैनामा बृहत रक्तदान सम्पन्न भएको छ ।
नेपाल रेडक्रस साेसाईटी सैनामैना उपशाखा (पर्राेहा) काे आयाेजना तथा प्रभात ईङ्गलिश बाेर्डिङ्ग स्कुलकाे आतिथ्यतामा सोही स्कुलको सभाहलमा सप्पन्न रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन गरिएको हो ।
सैनामैना नगरपालिका प्रमुख फणीन्द्र प्रसाद शर्माले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो हो ।
सो अवसरमा उहाँले रगत दान गर्नु जीवनको सबैभन्दा पूण्य काम रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सक्छ । रगत शरीरमा लगातार उत्पादन हुने तत्व हो, जुन प्रत्येक तीन महिनामा आफैँ नष्ट भएर जाने गर्छ र नयाँ रगत उत्पादन हुन्छ, त्यहि नष्ट हुने रगत दानले कसैको ज्यान बच्न सक्छ, भने यो पुण्य अभियानमा हामी सबै सरिक हुनुपर्ने भनाइ राख्नुभयो ।
सेवा नै धर्म हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै रेडक्रसले जहाँ दुख्छ त्यहाँ पुग्छ जस्ता सामाजिक तथा मानवीय गतिविधिहरु प्रशंसा याेग्य रहेकोे बताउनुभयो ।
उहाँले रक्तदानको महत्वबारे आम जनसमुदायमा सचेतनाको आवश्यकता औंल्याउदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो । साथै नगरपालिकाले रेडक्रससंगै सहकार्य गरि अघि बढ्ने मेयर शर्माले प्रतिबद्धता जनाउनुभयो ।
एक थोपा रगत दानले अस्पतालमा छट्पटाइरहेको बिरामीको ज्यान जोगिने हुँदा सबैलाई रक्तदान गरि सहयोग गर्न प्रभात स्कुलका प्राचार्य अनन्तराम शर्माले अनुरोध गर्नुभयो ।
उपशाखाका सभापति दिनेश पौडेलले नगरपालिकामा रक्तदान, राहत तथा विपदजन्य उद्वारकार्यमा जुट्दै आएको जानकारी गराउदै मानवीय सेवा अन्तरगत रक्तदान कार्यक्रमले बिरामीलाई रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा राख्नुभयो ।
रक्तदान कार्यक्रम उपशाखाका सभापति दिनेश पौडेलको अध्यक्षता सैनामैना नगरका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माकाे प्रमुख आतिथ्यता प्रभात स्कुलका प्राचार्य अनन्तराम शर्माकाे विशिष्ट आतिथ्यता रेडक्रस सैनामैनाका निवर्तमान सभापति लाेकनाथ अधिकारी तथा रेडक्रस सैनामैना सल्लाहकार जगन्नाथ गाैतमको आतिथ्यता रहेको थियोे ।
उपशाखाका सभापति दिनेश पौडेलको अध्यक्षता कार्यक्रम संयाेजक एवम् उपशाखाका उपसभापति मिना भण्डारीकाे स्वागत तथा सहसचिव रामचन्द्र ढकालकाे सञ्चालनमा कार्यक्रम सप्पन्न भएको हो ।
कार्यक्रमको पुर्वसन्ध्यामा आइतबार प्रभात स्कुलमा १७२ जनाको रक्तसमूह परिक्षण पनि गरिएको थियो ।

विज्ञापन