रैनादेवि छहरा रुपन्देही सम्पर्क समाज गठन,अध्यक्षमा राम बहादुर खत्री चयन

रैनादेवि छहरा रुपन्देही सम्पर्क समाज गठन,अध्यक्षमा राम बहादुर खत्री चयन

  • बुटवल – पाल्पाको रैनादेवि छहरावाट वुटवलको रुपन्देहीमा विभिन्न स्थानमा बसोवास गर्दै आईरहेका पाल्पालीहरुको भेलाले राम बहादुर खत्रीको अध्यक्षतामा १३ सदस्यीय पाल्पा रैनादेवि छहरा रुपन्देही सम्पर्क समाज गठन गरको छ । उपाध्यक्षमा गोमा भट्टराई,सचिव मदन पौड्याल कोषाध्यक्षमा कृष्ण भण्डारी, सहसचिव शंकर घर्ती सदस्यहरुमा शिद्धश्वरवाट गोपाल न्यौपाने, सोमादी हिम केसी भुवनपोखरी अमृत वेवारे,छहरा गोविन्द न्यौपाने, मुझुङ देवलाल, अर्गाली जुठापौवा लोकनाथ पाण्डे, बल्डेङगढी भुवन सिह कार्की र सत्यवतीवाट खड्क राना रहनुभएकोछ ।

कार्यक्रमा नारायण रायमाझी, सोभाखर पोखरेल,देवि पौड्याल लगायतले संस्था सफलततको शुभकामना मन्तव्य राख्नुभएको थियो । टोपलाल शर्माको अध्यक्षतामा सम्पन्न भेलामा शर्माले अवधारण पत्र वाचन गर्नुभएको थियो ।

कार्यक्रमको संचालन शुरेश पौडेयाल र स्वागत मन्तव्य राम बहादुर खत्रीले गर्नु भएको थियो । भेलामा १५० भन्दा वढी पाल्पालीहरु उपस्थित हुनुभएको थियो । वुटवलमा एक बृहत भेलाको आयोजना गरी पाल्पा रैनादेवि छहरामा जन्मभई हाल रुपन्देहीमा वसोवास गर्नेहरुलाई एकआपसमा आपसि सद्भाव र सम्बन्ध प्रगाढ बनाउने उदेश्यले समाज गठन गरेको समाजले वताएको छ ।

विज्ञापन