advertisement post
- SathiSoft
- २०७६ फाल्गुन ८
- 556 views
८ फागुन, काठमाडौं । निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटासँग ‘स्वीस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियो कुराकानीबारे नेपालस्थित स्वीटरल्याण्डको दूताबासले चासो देखाएको छ ।
दूताबासले यसबारे विहीबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘स्वीटरल्यान्डको राजदूतावास यो स्पष्ट गर्न चाहान्छ कि यस दूतावासले कुनै बैठकको आह्वान गरेको छैन, न त समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविश्यमा कुनै छलफल तोकिएको थाहा छ ।’
Advertisement
प्रेस वक्तव्यमा अगाडि भनिएको छ, ‘स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन । न त यसमा कुनै संलग्नता छ ।’
निवर्तमान मन्त्री बास्कोटासँग भएको अडियो कुराकानीमा एजेन्ट विजय मिश्रले मन्त्रीसँग स्वीस दूताबासका प्रतिनिधि भेटका लागि आउन लागेको भनिएको छ । अडियोमा दूताबासको नाम मुछिएपछि वक्तव्यमार्फत एम्बेसीले खण्डन गरेको हो ।
दूताबासले सेक्युरिटी प्रेससम्बन्धी ‘रिपब्लिका’मा प्रकाशित समाचारको खण्डन गर्दै यस्तो बताएको हो ।
- माओवादी केन्द्र सल्यान जिल्लाको सचिवको जिम्मेवारी प्राप्त गर्ने को हुन राना ?
- सल्यानमा बजाज सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति
- विज्ञ संग अर्थमन्त्री पुनको छलफल करका दर हेरफेर नहुने
- सरकारको निर्णय नेपाली नोटमा चुच्चे नक्सा
- कर्णाली प्रदेश सरकारको खिचडी भित्र कृषि मन्त्रालय
- लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण
- छाउगोठ भत्काउने नेतृत्व गरेकी गमता प्रदेश सरकारको मन्त्री
- दार्मा गाउँपालिका सल्यानको नव निर्मित प्रशासकीय भवन प्रधानमन्त्री प्रचण्ड द्वारा उद्धघाटन हुने
- सल्यानमा जंगलमा लागेको आगो नियन्त्रण बाहिर आठ घर गोठ जलेर नष्ट
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३ -
संविधानमा समेटिएका दलित सवाल र सहभागिता
२०७८ आश्विन ३
प्रतिकृया दिनुहोस्