advertisement post
- SathiSoft
- २०७६ फाल्गुन ८
- 668 views
८ फागुन, काठमाडौं । निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटासँग ‘स्वीस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियो कुराकानीबारे नेपालस्थित स्वीटरल्याण्डको दूताबासले चासो देखाएको छ ।
दूताबासले यसबारे विहीबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘स्वीटरल्यान्डको राजदूतावास यो स्पष्ट गर्न चाहान्छ कि यस दूतावासले कुनै बैठकको आह्वान गरेको छैन, न त समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविश्यमा कुनै छलफल तोकिएको थाहा छ ।’
Advertisement
प्रेस वक्तव्यमा अगाडि भनिएको छ, ‘स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन । न त यसमा कुनै संलग्नता छ ।’
निवर्तमान मन्त्री बास्कोटासँग भएको अडियो कुराकानीमा एजेन्ट विजय मिश्रले मन्त्रीसँग स्वीस दूताबासका प्रतिनिधि भेटका लागि आउन लागेको भनिएको छ । अडियोमा दूताबासको नाम मुछिएपछि वक्तव्यमार्फत एम्बेसीले खण्डन गरेको हो ।
दूताबासले सेक्युरिटी प्रेससम्बन्धी ‘रिपब्लिका’मा प्रकाशित समाचारको खण्डन गर्दै यस्तो बताएको हो ।
- जनयुद्धका महान सहिद डम्बर बिक (क. समय) काे २३ ओै स्मृति सभा सम्पन्न
- दैलेखमा उत्पादन बिशेष कार्यक्रम अन्तर्गत ४३ जना किसानलाइ बाख्रा वितरण
- सल्यानमा प्रथम सहिद स्मृति कप तथा सास्कृतिक कार्यक्रम सम्पन्न
- कर्णालीमा स्वास्थ्य पत्रकार मञ्च गठन, अध्यक्षमा बसेल
- एकीकृत समाजवादी सल्यान जिल्लाको अध्यक्षमा रमेश गौतम
- प्रेस सेन्टरको लोकतान्त्रिक अभ्यास:नेतृत्व हस्तान्तरणको नयाँ चरण
- सहिद डिल्ली केसी (सुन्दर)को २१औ स्मृति सभा कार्यक्रम सम्पन्न
- सल्यानको गुराँसेमा नेपाली सेनाको मैत्रीपूर्ण सद्भाव कार्यक्रम सहित स्वास्थ्य सेवा सिविर सञ्चालन
- कर्णालीको रैथाने परिकार सहित माया थकाली रेष्टुरेन्ट सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्