दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा कर्णालीका पत्रकारहरु

दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा कर्णालीका पत्रकारहरु

बैशाख १५  सुर्खेत

दैलेख जिल्लाको सदरमुकाम दैलेखमा रहेको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ।

विज्ञापन

कर्णालीका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ दैलेख जिल्लाको व्यवस्थापनमा प्रदेश समितिको तेस्रो प्रदेश अधिवेशन दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा सम्पन्न भएको हो।

प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तेस्रो अधिवेशनबाट १९ बुदे कोतगढी घोषणापत्र जारी गरेको छ।

अधिवेशनको अध्यक्षता अध्यक्ष देवीराम देवकोटाले गर्नुभएको कार्याक्रमको सञ्चालन  महासचिव खगेन्द्र भट्टाराइले गर्नुभएको थियो।

कोत गढीमा नै पत्रकार सम्मेलन तथा प्रदेश समितिको तेस्रो अधिवेशन आयोजना गर्नुले दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्लाको रुपमा रहेको  कोतगढी किल्लाको अवलोकन तथा प्रचार प्रसार बाट कर्णालीका ऐतिहासिक महत्वपुर्ण स्थानहरुको पचार प्रसार हुने आयोजकले बताएको छ।

कोतगढी

कर्णालीको  परिचयको रुपमा रहेको ऐतिहासिक कोतगढी  दैलेख जिल्ला सदर मुकाम दैलेख बजारको पुरानो बजारमा अवस्थित एक ऐतिहासिक युद्ध किल्लाको रूपमा चिनिने गढी अथवा बौण्डरी पर्खाल हो।

नारायण नगरपालिका वडा नंवर १, दैलेखको पुरानो बजार स्थित यो सैन्य गढी अत्यन्त कलात्मक ढुंगाले निर्माण गरिएको छ। यस गढीको चारै तिर गहिरो खाल्डो बनाइएको छ।

किल्लाको भित्री सतहबाट करिब २ मिटरसम्म अग्लो ढुङ्गे प्रखाल रहेको यस गढीको निर्माण बाइसे राज्यहरूमाथिको विजय अभियान अन्तर्गत गोरखाली सेनाले गरेको मानिन्छ।

गढीको मुल प्रवेश ढोका उत्तरतर्फ रहेको छ। यस गढीको परिधी लगभग ६७२ मिटर रहेको छ। किल्लाको सबै प्रखालहरूमा बाहिर हेर्न सकिने गरी त्रिकोण आकारका १३ वटा प्वालहरू बनाइएका छन्।

केही वर्ष पहिलेसम्म यो किल्ला भित्र दुईवटा भवनहरू रहेको थिए। यस गढीको निर्माणशैली अत्यन्त कलाकौशलयुक्त र सुरक्षित रहेकोले नेपालको किल्ला वास्तुकलामा यसको विशेष महत्त्व रहेको छ। द्वन्द्वकालमा सैनिक ब्यारेकको रूपमा रहेको यो गढी अहिले सैनिक ब्यारेको त्यहाँबाट अन्यत्र स्थानान्तर भएपछी गढीभित्रका संरचनाहरू पूर्णरूपमा समाप्त भइसकेका छन्।

दैलेख सदरमुकामको मुटुमा रहेको ऐतिहासिक कोतगढी फोहोर विसर्जन गर्ने ठाउँ भएको छ। गढीभित्र रहेका तीनवटा पुराना घरको अहिले निसाना भेटिँदैन ।

कतिपयले यसलाई फोहोर विसर्जन गर्ने ठाउँका रूपमा प्रयोग गरेका छन् । दैलेखमा तत्कालीन समयमा गरिने युद्धकलाको निकै पुरानो इतिहासका बारेमा जानकारी लिन जोकोहीलाई पनि गढीको महत्त्व हुने स्थानीयवासी गणेश रेग्मीले बताउनुभयो । दैलेख युद्ध पर्यटनको अर्को महत्त्वपूर्ण पाटो हुन सक्छ ।

गढीको खोज अनुसन्धान लगायतका अन्य कुरा गर्न सके यसको अनुसन्धानका लागि मात्रै धेरै विदेशी आउन सक्ने सम्भावना रहेको छ ।

कोतगढीको एक तर्फको झलक कोतगढीको निर्माण सम्बन्धमा सम्पादन गर्नुहोस् यो किल्ला बहादुर शाहको नायबीकालमा बाइसी राज्यहरूको एकिकरण अभियान अन्तर्गत वि.सं. १८४६ तिर गोरखाली सेनाले निर्माण गरेको मानिन्छ।

यो गढी निर्माण भएपछि विलासपुरगढीमा रहेका सामरिक खजानाहरू यहाँ सारिएको थियो भन्ने स्थानिय भनाई रहेको छ।

यस किल्लाको स्वामित्व नेपाली सेनासँग रहे तापनि हाल सैनिक ब्यारेको अन्यत्र स्थापित भएकोले सो गढी बेवारिसे अवस्थामा रहेको छ।यस सम्पदालाई पुरातत्व विभागले “ख” वर्गमा वर्गीकरण गरेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता