ज्ञानपुञ्जमा खेल सप्ताह जारी

ज्ञानपुञ्जमा खेल सप्ताह जारी

बुटवल – बुटवल क्षेत्रकै उत्कृष्ठ शैक्षिक प्रतिष्ठान ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कूल, बुटवल – ११ नहरपुरले विद्यालयको १९औं वार्षिकोत्सव एवं अमिभावक दिवसको अवसरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद तथा विविध कार्यक्रमको जारी रहेको छ ।

विज्ञापन

माघ ३ देखि १० गते सम्म दुई चारणमा सम्पन्न हुने खेल सप्ताहको आज दोस्रो दिन पनि विविध खेलकुदहरु सम्पन्न भएका छन् । जस अन्तर्गत लेबल अनुसार हट पटेटो, चियर रेस, बोटल गेम, निडल रेस र अनलक्की सेभेनलगायतका खेलहरु सम्पन्न भैसकेका छन् । हिजो सम्पन्न टग अफ वार खेलमा कक्षा १ र २ छात्रतर्फ एल्लो हाउस प्रथम, रेड हाउस द्वितीय, ब्लु हाउस तृतीय भएका छन् ।

त्यस्तैगरी छात्रातर्फ एल्लो हाउस प्रथम, रेड हाउस द्वितीय, ब्लु हाउस तृतीय भएका छन् । त्यस्तैगरी कक्षा ३ र ४ छात्रतर्फ एल्लो हाउस प्रथम, रेड हाउस द्वितीय, ब्लु हाउस तृतीय भएका छन् । त्यस्तैगरी छात्रातर्फ एल्लो हाउस प्रथम, रेड हाउस द्वितीय र ब्लु हाउस तृतीय भएका छन् ।

त्यस्तैगरी कक्षा ५ र ६ छात्रातर्फ ब्लु हाउस, रेड हाउस द्वितीय र ग्रिन हाउस तृतीय भएका छन् । त्यस्तैगरी छात्रतर्फ एल्लो हाउस प्रथम, ग्रिन हाउस द्वितीय, रेड हाउस तृतीय भएका छन् । त्यसैगरी १ र २ लेबलको बेलुन रेसतर्फ कक्षा २ का सौरभ विक, नारायण केसी, आयुष्मा थापा क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् ।

त्यस्तैगरी ५ र ६ लेबल तर्फ कक्षा ६ का समीर परियार, दिवान गुरुङ र कक्षा ५ का निरज रेश्मी क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । कार्यक्रम माघ १० गते सम्म चरणबद्धरुपमा सञ्चालन भइरहने कुरा ईसिए कोर्डिनेटर हरि भट्टराईले बताए ।