छत्रेश्वरी गाउँपालिका स्तरिय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  भानुभक्त मावि दमाचौर प्रथम

छत्रेश्वरी गाउँपालिका स्तरिय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भानुभक्त मावि दमाचौर प्रथम

पुष २८ सल्यान

छत्रेश्वरी गाउँपालिका स्तरीय छैठौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता भानुभक्त मावि दमाचौर प्रथम भएको छ।

विज्ञापन

गत पुष २६ गते देखि छत्रेश्वरी गाउँपालिका वडा नं ६को शंखमुल मा वि मा सञ्चालन गरेको छैटौ राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा २५ स्वर्ण ४ रजत ४ काश्य सहित ३३ पदक प्राप्त गर्दै श्री भानुभक्त माध्यमिक विद्यालय दमाचौरले पहिलो स्थान हासिल गरेको हो।

यस्तै १२ स्वर्ण १२ रजत १२ काश्य सहित ३६ पदक प्राप्त गर्दै श्री शारदा माध्यमिक विद्यालय शङ्खमूल सल्यानले दोस्रो स्थान हासिल गरेको छ ।

चार स्वर्ण पाँच रजत र पाँच कास्य गरेर १४ वटा पदक प्राप्त गर्दै श्री कृष्ण माध्यमिक विद्यालय पोखरी डाँडा तेस्रो स्थान हासिल गर्न सफल भएको छ।

गत पौष २६ गते देखि २८ गतेसम्म संचालन भएको प्रतियोगितामा विजय हुने खेलाडी तथा विधालय लाई छत्रेश्वरी गाउँपालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकी, उपाध्यक्ष श्री बुद्धा कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत , वडा जनप्रतिनिधि सहित अन्य अतिथि बाट नगद राशि , ट्रफी, शिल्ड सहित पुरस्कार प्रदान गर्नुभएको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता