माघी पर्वको अवसरमा प्रदेश प्रमुख तिलक परियारले दिनुभएको शुभकामना सन्देश

माघी पर्वको अवसरमा प्रदेश प्रमुख तिलक परियारले दिनुभएको शुभकामना सन्देश

माघ १ सुर्खेत

कर्णाली प्रदेश प्रमुख तिलक परियारले माघी पर्व २०८० को अवसरमा शुभकामना सन्देश दिनुभएको छ।

विज्ञापन

बिशेषतः थारु  समुदायको महान चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा कर्णाली प्रदेश लगायत स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना सन्देश ब्यक्त गर्नुभएको हो।

नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल हो । नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समानुपातिक,समावेशितालाई अंगीकार गरेको छ ।

हामीले आ–आफ्ना आस्था, विश्वास र पहिचानलाई कायम राख्दै आम जनताको जीवनस्तरलाई माथि उठाउन सुशासन,सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर हुनु  अनुरोध गर्नुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश भएको अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान  भएको बताउनु भएको छ।

नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन ।

यी चाडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन यस अवसरमा  भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न भिन्न भेग र समुदायमा भिन्न भिन्न ढंगले मनाउने प्रचलन समेत रहेको छ ।

माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउछन र नया“ वर्ष मान्ने गर्छन ।

मगर समुदायले पनि यसलाई आफ्नो मूख्य चाडको रुपमा धुमधामका साथ मनाउछन भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, दलित,बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन ।

जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो । तसर्थ यस पर्व मनाउने सम्पूर्ण समुदायहरुलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न हार्दिक अपिल गर्दछु । अन्तमा, यस पर्वले सम्पूर्ण नेपालीहरुको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलूकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त  गर्नुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता