मार्क्सवादी ज्ञान केन्द्र द्वारा सुर्खेतमा २ दिने कार्यशाला सञ्चालन

मार्क्सवादी ज्ञान केन्द्र द्वारा सुर्खेतमा २ दिने कार्यशाला सञ्चालन

वैशाख ९ सुर्खेत

मार्क्सवादी ज्ञान केन्द्र केन्द्रीय समिति द्वारा सुर्खेतको वीरेन्द्रनगरमा दुई दिने कार्यशाला सञ्चालन गरिएको छ।

विज्ञापन

ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना तथा कर्णाली प्रदेश समितिको व्यवस्थापनमा समाज रूपान्तरणको पाठशाला संस्कृति प्रवर्द्धनका लागि सांस्कृतिक सम्पदालाई आय आर्जनमा रूपान्तरण गर्न खोज तथा अनुसन्धानका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दुई दिने कार्यशाला सञ्चालन गरिएको हो।

ज्ञान केन्द्रका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेलको अध्यक्षता, सिञ्जा गाउँ पालिका जुम्लाका अध्यक्ष तथा मार्क्सवादी  ज्ञान केन्द्रका आजीवन सदस्य पूर्ण प्रसाद धितालको प्रमुख आतिथ्यता मा ब्यानरमा हस्ताक्षर गरि कार्यक्रमको शुभारम्भ गरिएको हो।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि धितालले मार्क्सवादी ज्ञान केन्द्रले संस्कृति प्रवर्धनको लागि कर्णाली प्रदेशमा रहेका विभिन्न जात जाति तथा समुदायको  मूर्त तथा अमूर्त संस्कृतिको खोज तथा  अनुसन्धान गरी उनीहरूको सांस्कृतिक प्रवर्धन तथा आय आर्जन वृद्धिबाट समाजवादको आधार तयार पार्न सहयोग गर्ने बताउनु भयो ।

कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएको कार्यक्रममा लोपान्मुख तथा सीमान्तकृत समुदायका माझी, कुसुण्डा,बोटे, जातिहरू समेत उपस्थिति रहेको कार्यशालाको सहरीकरण ज्ञान केन्द्रका सल्लाहकार संयोजक डाक्टर निमानन्द रिजाल , ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष बिशेश्वर कट्टेल, ज्ञान केन्द्र उपाध्यक्ष जनार्दन बाबू कट्टेलले गर्नु भएको कार्यक्रमको स्वागत ज्ञान केन्द्रका कर्णाली प्रदेश समिति सचिव रवि किरण वलीले गर्नुभएको कार्यक्रमको सञ्चालन ज्ञान केन्द्रका केन्द्रीय सचिव रेशम कुमार अधिकारीले गर्नु भएको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता