रूपन्देही बाट प्रतिनिधि सभा सदस्यमा छविलाल विश्वकर्मा  निर्वाचित  काे हुन छविलाल एक संक्षिप्त चिनारी

रूपन्देही बाट प्रतिनिधि सभा सदस्यमा छविलाल विश्वकर्मा निर्वाचित काे हुन छविलाल एक संक्षिप्त चिनारी

मंसिर ९ सल्यान

रूपन्देही  प्रतिनिधी सभा निर्वाचन क्षेत्र १ वाट छविलाल विश्वकर्मा निर्वाचित भएका छन।

विज्ञापन

विश्वकर्मा स्वतन्त्र उम्मेदवार घनश्याम  भुसाललाई ३ हजार फराकिलाे मतान्तरले  पराजित गर्दै विजयी भएका हुन।

विश्वकर्माले २४ हजार ८ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन। उनका निकटतम प्रतिद्धन्दी भुसालले २१ हजार ३ सय ८ मत प्राप्त गरेका थिए।

राजनितक तथा बैचारिक रुपमा पाका पुराना नेता मध्ये एक हुन छबिलाल विश्वकर्मा । राजनतिक रुपमा लामाे जेल जिवन बिताएका विश्वकर्मा प्रतिनिधी सभा सदस्य निर्वाचन २०७९ बाट एक मात्र पहिलाे प्रतिनिधी बनेका छ।

काे हुन छविलाल विश्वकर्मा

विद्यार्थी राजनीतिदेखि नै जुझारु छविलालको राजनीतिक पृष्ठभूमि विद्यार्थी राजनीतिसँग जोडिन्छ।

२०३७ सालमा तत्कालीन नेकपा (माले)बाट राजनीतिक यात्रा शुरू गरेका उनी २०३८/३९ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू उपसभापति भएका थिए।

विद्यार्थी राजनीतिसँगै विश्वकर्मा जातीय विभेदको आन्दोलनमा सहभागी हुँदै आए। जात प्रथाले नेपाली शिरमा लगाएको मानवताको कलङ्कलाई एकताबद्ध भएर हटाउनुपर्ने उनी बताउँछन्। “जातीय व्यवस्था अन्त्य नगरेसम्म नेपाली समाज अगाडि बढ्न सक्दैन, भन्ने धारण उनि संग एउटा निर्बिकल्प रहेकाे छ।

राजनीतिक आन्दोलन मार्फत जातीय छुवाछूत अन्त्य गर्ने उद्देश्यले नेकपा मालेमा लागेका छविलाल २०४५ सालमा स्थापना भएको मालेको भ्रातृ सङ्गठन जातीय उत्थान मञ्चका संस्थापक हुन्। २०४७ सालमा भएको मञ्चको पहिलो राष्ट्रिय सम्मेलनबाट उनी उपाध्यक्ष र २०५१ सालमा महासचिव बने।

उनिमा व्यक्तिगत रूपमा पद पाउनु/नपाउनु महत्त्वपूर्ण कुरा होइन, राजनीति मार्फत देश र समाज बदल्नु ठूलो कुरा पार्टीमा जहिले पनि बहस फरकमत राख्ने गर्ने उनकाे स्वभाव नै थियो।
२०५५ सालमा पोखरामा सम्पन्न मुक्ति समाज नेपालको सम्मेलनबाट अध्यक्ष बने। नेपालगञ्जमा भएको एमालेको छैटौं महाधिवेशनबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए।

जनकपुरको सातौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य बनेका उनले एमालेको भारत प्रवासको इन्चार्जको जिम्मेवारी समेत पाए। आठौं राष्ट्रिय महाधिवेशनपछि उनी केपी शर्मा ओलीसँग निकट रहे।

करीब तीन वर्ष भारत प्रवास इन्चार्जको जिम्मेवारीमा रहँदा विश्वकर्माले त्यस अवधिमा नेपालबाट दिल्ली पुग्ने नेताहरूको व्यवस्थापन र समन्वयको काम गरे। २०६२/६३ सालको जनआन्दोलनमा पनि उनले त्यही भूमिका कुशलतापूर्वक निर्वाह गरे।

दोस्रो जनआन्दोलन सफल भएपछि छविलाल नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषि तथा सहकारी मन्त्री बने।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेले विश्वकर्मालाई समानुपातिक तर्फबाट सभासद् बनायो।

दोस्रो संविधानसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लडेका उनी कांग्रेसका अब्दुल रज्जाकसँग झिनो मतले पराजित भएका थिए।

२०७४ सालको आम निर्वाचनमा भने छविलाल रुपन्देहीको क्षेत्र नम्बर १ मा उनै रज्जाकलाई पराजित गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित  भएका थिए।

एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी अहिले लुम्बिनी प्रदेशको इन्चार्ज छन्। छविलालको जीवनशैली सरल छ। गाउँ तहका सामान्य कार्यकर्ताका लागि पनि उनी सधैं सहज पहुँचमा हुन्छन्।

पार्टीले दिएको जिम्मेवारी पूरा गर्न केन्द्रित हुने उनी ओली प्रधानमन्त्री हुँदा सत्ताको भूमिका नपाएका ओली समूहका एक्ला स्थायी कमिटी सदस्य थिए। जबकि ओली पक्षीय स्थायी कमिटीका सबै नेता सरकारको कुनै न कुनै जिम्मेवारीमा थिए। तर, उनले आफ्ना असन्तुष्टिलाई कहिल्यै बाहिर ल्याएनन्। “व्यक्तिगत रूपमा मैले पद पाउनु/नपाउनु महत्त्वपूर्ण कुरा होइन, राजनीति मार्फत देश र समाज बदल्नु ठूलो कुरा हो,” उनी भन्छन्।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता