समानुपातिकमा कुन कुन दलले  कटाए ३ प्रतिशत मत

समानुपातिकमा कुन कुन दलले कटाए ३ प्रतिशत मत

मंसिर ८ सल्यान

मंसिर ४ गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ६ दलले ३ प्रतिशत कटाएका छन्।

विज्ञापन

हालसम्म खसेको कुल मतका आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले तीन प्रतिशत मत कटाएका छन्।

२४ लाख ४६ हजार ७२५  मत समानुपातिक तर्फ गणना हुँदा यस्तो देखिएको हो। सबै क्षेत्रको मतगणना हुँदा यो प्रतिशत परिर्वतन भई कम दल जान सक्ने सम्भावना देखिन्छ।

सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याउने दलले मात्र प्रतिनिधि सभामा समानुपातिकतर्फ सिट पाउने कानुनी व्यवस्था प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन ऐनले गरेको छ।

उक्त ऐनको दफा ६० (११)मा ‘समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ।’

यसरी हेर्दा हालसम्म भएको गणनाअनुसार ६ वटा दलले मात्रै ३ प्रतिशत मत कटाएर समानुपातिकमा सांसद पाउने सक्ने अवस्था देखिन्छ।

हेर्नुहाेस कुन दलले कति समानुपातिक मत प्राप्त गरे 

एमाले  ६ लाख ३९ हजार ६०२

कांग्रेसले ६ लाख २ हजार २१६

राष्ट्रिय स्वतन्त्र पार्टी ३ लाख १९ हजार ५११

माओवादी केन्द्र २ लाख ८८ हजार ९ सय ८१

राप्रपा १ लाख ७२ हजार ५ सय ६०

जसपा ७६ हजार ९ सय ५५

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता