प्रेस सेन्टर रुपन्देही द्वारा विधागत पत्रकारिता तालिम सुरु

प्रेस सेन्टर रुपन्देही द्वारा विधागत पत्रकारिता तालिम सुरु

बुटवल – प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजनामा सोमबार देखि बुटवलमा विधागत पत्रकारिता विशेष पत्रकार क्षमता अभिवुद्धि तालिम सुरु भएको छ । रुपन्देहीमा कार्यरत प्रेस सेन्टर रुपन्देहीका सदस्य तथा सञ्चारकर्मीहरुका लागि ७ दिनसम्म तालिम सञ्चालन हुनेछ ।

तालिमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले पत्रकारले सरकारलाई खरवदारी गर्नुपर्ने र नराम्रा पक्षहरु पनि उठान गरिदिनुपर्ने भन्दै यसले सुधारका पक्षमा अगाडि बढ्न मद्दत पुर्याउने बताए । बुटवललाई सुन्दर, सफा र हरियाली बनाउने योजना सहित बुटवल उपमहानगर पालिका अगाडि बढेको मेयर पाण्डेले बताए । पाण्डेले “बुटवलको बजार व्यवस्थित गराउने उद्देश्यले सडक व्यवस्थापन, सुरक्षाका लागि बजार क्षेत्रहरुमा आवश्यक सिसिटिभी जडान, उज्यालो शहरको रुपमा बिकास गर्न हाईमस्ट लाइट जडान, छाडा चौपाया व्यवस्थापन लगायतको बिभिन्न अबधारणा सहित काम गरेको दाबी गरे ।

विज्ञापन

त्यस्तै माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले पत्रकारिताको आचारसंहितामा रही समाचार सम्प्रेषण गर्ने अनुरोध गरे । पत्रकारले गरिव सर्वहारको पक्षमा कलम चालउनु पर्ने बिषयलाई जोड्दै पछिल्लो समय बढ्दै गएको कपिपेस्टका कारण पत्रकारिता पेशा नै धरापमा परेकोले यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारले आफ्नो क्षमतालाई विकास गर्न जरुरी रहेको बताए ।
सात दिन सम्म चल्ने तालिममा बिभिन्न विधामा आधारित रही पर्यटन, राजनीति, शिक्षा, फोटो पत्रकारिता, समावेशिता, संचार कानुन र न्यु मिडिया लगायतका बिषयमा तालिम संचालन हुनेछ ।