प्रेस सेन्टर रुपन्देही द्वारा विधागत पत्रकारिता तालिम सुरु
- ई प्रतिबिम्ब
- २०८० चैत्र १९
- 416 views
बुटवल – प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजनामा सोमबार देखि बुटवलमा विधागत पत्रकारिता विशेष पत्रकार क्षमता अभिवुद्धि तालिम सुरु भएको छ । रुपन्देहीमा कार्यरत प्रेस सेन्टर रुपन्देहीका सदस्य तथा सञ्चारकर्मीहरुका लागि ७ दिनसम्म तालिम सञ्चालन हुनेछ ।
तालिमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले पत्रकारले सरकारलाई खरवदारी गर्नुपर्ने र नराम्रा पक्षहरु पनि उठान गरिदिनुपर्ने भन्दै यसले सुधारका पक्षमा अगाडि बढ्न मद्दत पुर्याउने बताए । बुटवललाई सुन्दर, सफा र हरियाली बनाउने योजना सहित बुटवल उपमहानगर पालिका अगाडि बढेको मेयर पाण्डेले बताए । पाण्डेले “बुटवलको बजार व्यवस्थित गराउने उद्देश्यले सडक व्यवस्थापन, सुरक्षाका लागि बजार क्षेत्रहरुमा आवश्यक सिसिटिभी जडान, उज्यालो शहरको रुपमा बिकास गर्न हाईमस्ट लाइट जडान, छाडा चौपाया व्यवस्थापन लगायतको बिभिन्न अबधारणा सहित काम गरेको दाबी गरे ।
त्यस्तै माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले पत्रकारिताको आचारसंहितामा रही समाचार सम्प्रेषण गर्ने अनुरोध गरे । पत्रकारले गरिव सर्वहारको पक्षमा कलम चालउनु पर्ने बिषयलाई जोड्दै पछिल्लो समय बढ्दै गएको कपिपेस्टका कारण पत्रकारिता पेशा नै धरापमा परेकोले यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारले आफ्नो क्षमतालाई विकास गर्न जरुरी रहेको बताए ।
सात दिन सम्म चल्ने तालिममा बिभिन्न विधामा आधारित रही पर्यटन, राजनीति, शिक्षा, फोटो पत्रकारिता, समावेशिता, संचार कानुन र न्यु मिडिया लगायतका बिषयमा तालिम संचालन हुनेछ ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्