सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

 

बुटवल -देशको बिकासमा जनजातीको भूमिका निकै महत्त्वपूर्ण योगदान रहेको भएपनि सरकारले यसतर्फ ध्यान नपुर्‍याउनु दुखद भएको भन्दै सहिद शुकदेब गुरुङलाई सहिद घोषणा गर्न सरोकारवालाले माग गरेका छन। सहिद सुकदेब राष्ट्रिय कार्यादल र तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा भएको सहिद चोक घोषणा र शुकदेब गुरुङ सहीद घोषणा गर्न आयोजित सर्वपक्षीय सर्वदलीय अन्तरक्रियामा बोल्ने सरोकारवालाहरुले जनजातीको भूमिकाको सरकारी सम्यन्त्रबाट मूल्यांकनमा नभएको गुनासो गरेका हुन।उनिहरुले राष्ट्रिय अन्दोलनमा सहादत प्राप्त गर्ने सुकदेब गुरुङलाई राजपत्रमा नाम सुचिकृत गर्दै राष्ट्रिय सहिदको रुपमा प्रकाशित गर्नुपर्ने माग गरे।

विज्ञापन

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले तथ्य र प्रमाणलाई बलियो बनाउदै सुकदेवलाई सहित घोषणा गर्न राज्यले तदारुकता देखाउनुपर्ने बताए ।उनले आफूले प्रदेशतहबाट सुकदेवलाई सहिद घोषणाको लागि गर्नसक्ने सहयोग गर्न तयार रहेको बताए । घर्तीले यसको लागि आवश्यक सहकार्य गर्न प्रदेश सरकार तयार रहेको दाबी गरे ।

केन्द्रिय सदस्य झपटबहादुर गुरुङले सहिदको गरिमा कायम राख्न सरकारले असली सहीदलाई सहिद घोषणा गर्नुपर्ने बताईन। कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश संयोजक नविन सुनारले जनजातिको भूमिकाको सरकारी सम्यन्त्रबाट मूल्यांकनमा नभएको गुनासो गरे ।

तमु हयुला छोजधी गुरूङ राष्ट्रिय परिषदका अध्यक्ष धनबहादुर गुरूङले जंगबहादुर राणाले रक्तपातपूणर् कोतपर्वबाट थालेको निरङ्कुश शासनका विरुद्ध खडा भएका आदिविद्रोहीमध्ये सुकदेवलाई सहिद दर्ता तत्काल आवश्यक भएको बताए ।

आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश सचिव मनोज रानाले प्रथम सहिद लखन थापाको माग गर्दै निकै लामो समय आन्दोलित बन्नु परेको बताउदै लामो समय पछि घोषणा भएको स्मरण गरे ।जनप्रतिनिधिहरु सत्तामा जादा सबै कुरा बिर्सने रोग लाग्ने आरोप लगाउदै लुम्बिनी प्रदेशबाट यो आन्दोलन बलियो बन्नुपर्ने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य सोनिया यादव, प्रकाश राना, झमबहादुर गुरुङ, मगर मुक्ति मोर्चा नेपाल रुपन्देहीका अध्यक्ष दान बहादुर घर्ती मगर, सहिद सुकदेब राष्ट्रिय कार्यादल नेपालका अध्यक्ष धन बहादुर गुरुङ ,आदिबासी जनजाती महासंघ रुपन्देही उपाध्यक्ष इन्द्र राई, तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीजा अध्यक्ष बिमला गुरुङ लगायतले बोलेका थिए ।