लुम्बिनीमा ५ हजार जनाको सहभागितामा विराट चक्र विज्ञान सप्ताह, विश्व रेकर्ड राख्ने दाबी
- ई प्रतिबिम्ब
- २०८० चैत्र ४
- 695 views
बुटवल – अन्तरनिहीत शक्तिलाई जगाउँदै मानवमा आध्यात्मिक जागरण ल्याउने उद्देश्यसहित लुम्बिनीमा यही चैत तेस्रो साता विराट चक्र विज्ञान सप्ताह आयोजना गरिएको छ ।
जीवन विज्ञान प्रतिष्ठान लुम्बिनीले चैत १७ गतेदेखि २३ गतेसम्ममा विराट चक्र विज्ञान सप्ताह तथा लुम्बिनी जागरण उत्सव गर्न लागेको हो ।
सप्ताह ध्यान तथा साधनामुखी कार्यक्रम हो । सप्ताहमा विश्वका १५ राष्ट्रसहित देशका ७७ वटै जिल्ला र ७५३ स्थानीय तहका गरी ५ हजार १ जनाको सहभागिता रहनेछ ।
कार्यक्रम महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बनेको अन्तर्राष्ट्रिय ध्यान कक्षमा सञ्चालन हुनेछ । कार्यक्रमका लागि तीव्रताका साथ तयारी भइरहेको छ ।
सम्मेलनको बारेमा जानकारी दिन आइतबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जीवन विज्ञान परिषद् लुम्बिनीका संयोजक केशव खनालले अहिलेसम्मकै धेरै एकसाथ ५ हजार जनाको सहभागिता हुने सप्ताह पहिलो रहेको बताए ।
सप्ताहले विश्व रेकर्ड राख्ने समेत खनालको दाबी छ । सातवटा ध्यान ऊर्जासहित प्रयोगात्मक कक्षा सञ्चालन हुनेछन् ।जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ एलपी भानु शर्मा र रमेश नेपालबाट प्रशिक्षण हुनेछ । कार्यक्रममा सहभागीहरूलाई खानाको व्यवस्था आयोजकले गरेको छ भने बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने हुन्छ ।
चक्र विज्ञान योगाभ्यासमा सहभागी हुने ५ हजार मध्ये ५९ प्रतिशत महिला र ४१ प्रतिशत पुरुष हुने परिषद्की नवलपरासी संयोजक इन्दिरा विश्वकर्माले जानकारी दिइन् । आर्थिक अभावमा कार्यक्रममा सहभागी हुन नसक्नेलाई सहुलियत वा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको जीवन विज्ञानका शिक्षा विकास संयोजक हरि पोखरेलले बताए ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्