हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको विशेष साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माले अध्यक्षको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डोलेन्द्र गहतराजले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

विज्ञापन

ज्योति विश्वकर्मा कल्याण समाज रुपन्देहीका सहसचिव ज्योतिलाल विश्वकर्मा, गैर सहकारी संस्था रुपन्देहीका सहसचिव मनु खड्का, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरि बहादुर बोमरेल, हेम बहादुर विश्वकमा, डा. दोणर् प्रकाश रसाईली, सहकारीका संरक्षक शिव परियारलगायतले बोलेका थिए ।

२०७९ असारमा स्थापना भएको सहकारीमा ४ सय २ जना शेयर सदस्य रहेको लेखा समिति संयोजक मनु खड्काले जानकारी दिइन । सहकारीको शेयर पूजी १७ लाख ७ हजार ५ सय तथा निक्षेप २१ लाख १८ हजार ५ सय र कर्जा लगानी ३४ लाख ५५ हजार ५ सय रहेको सहकारीका व्यवस्थापक बिमास विकले जानकारी दिईन । कार्यक्रममा ॅ हामी छौं र हाम्रो समाज छ’ भन्ने बोलको सहकारी सम्बन्धी सन्देशमुलक गीत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा जेष्ठ नागरिक सम्मान अन्तर्गत ८३ वर्षिय चन्द्र बहादुर रसाईली, ८१ वर्षिय लक्ष्मण दमै, ८५ वर्षिय टीकाराम सार्की, ८६ वर्षीय चन्द्र बहादुर विश्वकर्मा, डिल प्रसाद नेपालीलगायतलाई सम्मन गरिएको छ । सहकारीका उपाध्यक्ष पिताम्बर विश्वकर्माको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कुशल गायक तथा उद्घोषक नारायण बिपी परियार र अञ्जली विश्वकर्माले गरेका थिए ।