हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न
- अम्बिका परियार
- २०८० चैत्र ३
- 530 views
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको विशेष साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माले अध्यक्षको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डोलेन्द्र गहतराजले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।
ज्योति विश्वकर्मा कल्याण समाज रुपन्देहीका सहसचिव ज्योतिलाल विश्वकर्मा, गैर सहकारी संस्था रुपन्देहीका सहसचिव मनु खड्का, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरि बहादुर बोमरेल, हेम बहादुर विश्वकमा, डा. दोणर् प्रकाश रसाईली, सहकारीका संरक्षक शिव परियारलगायतले बोलेका थिए ।
२०७९ असारमा स्थापना भएको सहकारीमा ४ सय २ जना शेयर सदस्य रहेको लेखा समिति संयोजक मनु खड्काले जानकारी दिइन । सहकारीको शेयर पूजी १७ लाख ७ हजार ५ सय तथा निक्षेप २१ लाख १८ हजार ५ सय र कर्जा लगानी ३४ लाख ५५ हजार ५ सय रहेको सहकारीका व्यवस्थापक बिमास विकले जानकारी दिईन । कार्यक्रममा ॅ हामी छौं र हाम्रो समाज छ’ भन्ने बोलको सहकारी सम्बन्धी सन्देशमुलक गीत सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक सम्मान अन्तर्गत ८३ वर्षिय चन्द्र बहादुर रसाईली, ८१ वर्षिय लक्ष्मण दमै, ८५ वर्षिय टीकाराम सार्की, ८६ वर्षीय चन्द्र बहादुर विश्वकर्मा, डिल प्रसाद नेपालीलगायतलाई सम्मन गरिएको छ । सहकारीका उपाध्यक्ष पिताम्बर विश्वकर्माको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कुशल गायक तथा उद्घोषक नारायण बिपी परियार र अञ्जली विश्वकर्माले गरेका थिए ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्