रुपन्देही विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन गाउँ नगर समितिको अध्यक्षमा  ज्ञवाली चयन

रुपन्देही विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन गाउँ नगर समितिको अध्यक्षमा ज्ञवाली चयन

सैनामैना – रुपन्देही विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन गाउँ नगर समितिको अध्यक्षमा कमल ज्ञवाली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन समितिको बुधबार सप्पन्न चौथो अधिवेशनले कमल ज्ञवालीको अध्यक्षतामा ९ सदस्यीय नवनिर्वाचित समिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा शालिकराम खड्का सचीवमा विमल पौडेल कोषाध्यक्षमा प्रदीप न्यौपाने चयन हुनुभएको निर्वाचन समितिका संयोजक लक्ष्मण भट्टराईले जानकारी गराउनुभयो ।
यस्तै सदस्यहरुमा तिलक पौडेल, कमला बेल्बासे, आत्मराम भण्डारी, विर बहादुर खत्री र लक्ष्मी आचार्य रहनुभएको छ ।

विधुतिय व्यवसायी संघको छैठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन उद्घाटन गर्दै रुपन्देही विधुतीय व्यवसायी संघका अध्यक्ष लोकनाथ पोख्रेलले व्यवसायीहरुलाई गुणस्तरीय विद्युत् सामग्री प्रयोग गर्न आग्रह गर्नुभयो ।कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको अध्यक्ष पोख्रेलले खुला सिमानाका कारण भन्सार छलि गरेर विक्रीवितरण गर्ने सामाग्रीको प्रयोग नगर्न व्यवसायीलाई आग्रह गर्दै व्यवसायीले गुणस्तरीय विद्युत् सामाग्री प्रयोग गरेर आमउपभोक्तालाई सचेत समेत बनाउनुपर्ने बताउनुभयो ।
मुलुकमा देखिएको आर्थिक संकटले हरेक क्षेत्रकाे व्यवसायी मारमा परेको समयमा विधुतीय व्यवसायी पनि अछुताे रहन सकेन र व्यवसायीहरुले विभिन्न समस्या खेप्नुपरेको सुनाउदै उहाँलेबव्यवसायीका समस्या समाधानमा राज्यपक्षकाे ध्यान जना जरुरी रहेको बताउनुभयो ।
आर्थिक मन्दिले बैंककाे किस्ता, घरभाडा बुझाउन नसक्दा कयौं व्यवसायी पलायन समेत भएकोमा दुख व्यक्त गर्दै व्यवसायीहरुको संरक्षणका लागि व्यवसायीक संस्था र व्यवसायी एक भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
“व्यवसायीक एकता नै सफलताको सर्वोत्कृष्ट माध्यम हो” भन्ने नारा सहित स्थापना भएको रुपन्देही विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन गाउँ नगर समितिका अध्यक्ष जिवन पौडेलले सैनामैना र कञ्चनका विद्युतीय व्यवसायीहरुलाई एकीकृत गरि व्यापारी व्यवसायीहरुको हकहितको लागि संघले काम गर्दै आएको बताउनुभयो ।

विज्ञापन

रुपन्देही विधुतीय व्यवसायी संघका संस्थापक अध्यक्ष अनन्तमान थैवले गुणस्तरीय विद्युतीय सामग्रीको खरिद बिक्रिमा ध्यान दिनुपर्ने बताउनुभयो ।चाेरी निकासी गरेर खुल्ला तथा खुद्रा सस्तो मुल्यमा विक्री हुने सामाग्री नियन्त्रण गर्न हामी आफै सजक हुनपर्ने बताउदै उहाँले गुणस्तरीय सामान प्रयोग गर्नुुपर्नेमा जोड दिनुभयो ।
सैनामैना नगरपालिका कार्यपालिका सदस्य दुर्गामाया श्रेष्ठ, सैनामैना कञ्चन गाउँ नगर समितिका सस्थापक अध्यक्ष लक्ष्मण भट्टराई, सैनामैना कञ्चन गाउँ नगर समितिका सल्लाहकार शान्ताराज खरेल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्का, रुपन्देही विधुतीय व्यवसायी संघका प्रथम उपाध्यक्ष केशव कुमार सुजित सिंह , रुपन्देही विधुतीय व्यवसायी संघका महासचिव सुर्य कुवर, सैनामैना कञ्चन गाउँ नगर समितिका निवर्तमान अध्यक्ष पारिश्वर श्रेष्ठ, रुपन्देही विधुतीय व्यवसायी संघका सदस्य अनिल कुवर, बुटवल विधुतीय व्यवसायी संघका अध्यक्ष विकास जिसिले बोल्दै घरघरमा उज्यालो दिने व्यवसायलाई गुणस्तरीयतामा ख्याल गर्न सके विद्युतीय दुर्घटनाको अन्त्य हुने बताउनुभयो । वक्तहरुले भारतबाट चाेरी निकासी गरेर सस्तो मूल्यमा सामान बेचबिखन भैरहदा यहाँका वास्तविक व्यवसायी समस्यामा परेको बताउदै त्यसका निमित्त व्यवसायीहरु एकरुपता भएर काम गर्नुपर्ने बताउनुभयो ।

संघका अध्यक्ष जिवन पौडेलको अध्यक्षता र उपाध्यक्ष कमल ज्ञवालीकाे स्वागत सस्थाका प्रेस सल्लाहकार पत्रकार कृष्ण भण्डारीको धन्यवाद मन्तव्य रहेको कार्यक्रम सचिव विमल पौडेलले सञ्चालन गर्नुभएको थियो ।