सहिद घोषणाका लागि दवाब मुलक कार्यक्रम घोषणा

 

बुटवल – जहानिया राणा साशनको अन्त्यको लागी १८ वर्ष को कठोर जेल जिवनको यातना पछि निर्मम पुर्वक हत्या गरिएका
अग्रणी सहिद सुकदेव गुरुङ्ग लाई हाल सम्मका सरकारले अहिले सम्म सहिद घोषणा नगरिनु लज्जास्पद विषय बनेको
भन्दै सहिद सुकदेव राष्ट्रिय कार्यदल, नेपाल र तमु हिउल छोजधी रुपन्देहीको आयोजनामा सहिद सुकदेब लाई सहिद घोषणा गर्नका लागि सरकारलाई दबाब दिन विभिन्न सङघर्षका कार्यक्रम घोषणा गरेको छ ।

विज्ञापन

संघर्षका कार्यक्रम अन्तरगत २०८० चैत्र ३ गते १२ बजे जातीय प्रादेशिक संगठन ,मोर्चा/राजकैतिक दल/ पत्रकार/संघ र प्रदेशका संसद सहित बुटवलको रामनगर गुरुङ समाजको भवनमा अर्न्तसम्बाद कार्यक्रम गर्ने भएको छ । त्यस्तै २०८० चैत्र ४ आइतबार ११ बजे जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाउने , २०८० चैत्र ९ गते अन्तरक्रिया, २०८० चैत्र १० गते १० बजे भैरहवामा दिवस सभा कार्यक्रम तथा रक्तदान कार्यक्रम तथा २०८० चैत्र २२/२९ गते प्रादेशिक भेला गर्ने निर्णय गरेको छ । साथै सहिद घोषणा राष्ट्रिय जागरण अभियान २०८० -११ -०१ बाट सञ्चालन गरिएको
सहिद सुकदेव राष्ट्रिय कार्यदल, नेपालका अध्यक्ष धन बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।