राष्ट्रिय संगितकर्मी संघ रुपन्देहीको अध्यक्षमा नेपाल चयन

राष्ट्रिय संगितकर्मी संघ रुपन्देहीको अध्यक्षमा नेपाल चयन

 

बुटवल – राष्ट्रिय संगितकर्मी संघ रुपन्देहीको तेश्रो अधिवेशनले दुर्गा नेपालको अध्यक्षतामा पुन: नयाँ नेतृत्व चयन गरेको छ । बुटवलमा शनिबार भएको अधिवेशन तथा सांस्कृतिक कार्यक्रमले नेतृत्व चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा ओम ज्ञवाली , उपाध्यक्षहरुमा मोदनाथ बेलबासे, रजविर बेलबास, मनु गुरुङ र महिला उपाध्यक्ष अकिंता नेपाल सचिबमा भगवती पन्थी , सहसचिब दामोदर बस्याल , कोषाध्यक्ष दया भण्डारी , सहकोषाध्यक्ष सुमन थापा सदस्यहरु प्रेरणा केसी , केशवराज ज्ञवाली , कमला ढकाल , विष्णु बहादुर पौडेल क्षेत्री , बिमला गुप्ता चयन भएका छन ।
यस्तै सल्लाहकारमा शान्ति तिमिल्सिना , रिता सेन , सारदा पौडेल , रमेश प्रसाद अधिकारी चयन भएको संघका उपाध्यक्ष मनु गुरुङले जानकारी दिईन ।

विज्ञापन

कार्यक्रम राष्ट्रिय संगितक्रमी संघ रुपन्देहीका अध्यक्ष दुर्गा नेपालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका १० न वडाका जनप्रतिनिधि रमेश प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संगितकर्मीहरु एक जुट हुनुपर्नेमा जोड दिएका थिए।