सहिद सप्ताहमा विविध कार्यक्रम

सहिद सप्ताहमा विविध कार्यक्रम

 

बुटवल – नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालीकाको आयोजनामा सहिद सप्ताहको अवधिमा उपमहानगरपालीका भित्र रहेका सहिद परिवारलाई भेटघाट तथा विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ ।

विज्ञापन

फागुन १४ गते बाट शुरु भएको सहिद सप्ताह २१ गते सम्पन्न भएको हो । एकहप्ताको अवधिमा उपमहानगरपालिका भित्रका २५ घर सहिद परिवारको घरमै पुगि माओवादी आन्दोलन , शान्ती प्रक्रिया पछि देशमा आएको परिवर्तन र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहिदको भूमिकाको बारेमा बहस गरि आगामी दिन सहिदको सपना पूरा गर्न प्रगतिशील समुह सङगठित रुपमा अगाडी बढ्नुपर्ने सहिदपरिवारका सदस्यले सुझाब दिदै सत्ताको खेलमा पार्टिले आफुहरु बिर्सिएको गुनासो समेत गरेका थिए ।

जनयुद्धका उपलव्धि विषयक अन्तरक्रिया गरि सहिदको बलिदानिबाट देशमा आएको परिवर्तनलाई दिगो रुपमा संरक्षण गर्नका लागि माओवादी घटक र परिवर्तनकारी शक्तिहरु एकजुट भैइ अगाडि बढ्ने तथा सहिदको सपनालाई पूरा गर्नका लागि सरकार र सडक दुबै माध्यम लाई अपनाईएको भन्दै परिवर्तनलाई संस्थागत गर्न कसैले रोक्न नसक्ने साप्ताहिक कार्यक्रममा सहभागी माओवादी नेताहरुले बताए ।

सहिद सप्ताहमा गरिएको कार्यक्रमले पार्टिलाई बलियो बनाउन सहयोग पुगेको माआवादी केन्द्र बुटवलका अध्यक्ष महेन्द्र भुषालले जानकारी दिए ।