ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जन्मदिनको अवसरमा अक्षयकोष स्थापना

जन्मदिनको अवसरमा अक्षयकोष स्थापना

 

बुटवल – बुटवल उपमहानगरपालिका वडा नं ७ दिपनगर मा रहेको श्री शिद्धेस्वर लालकुमारी माविका प्राचार्य दिनानाथ गिरीले विपन्न तथा जेहेन्दार विद्यार्थीहरु लाइ प्रोत्साहन गर्नको लागी आफ्नो जन्मदिन को उपलक्षमा प्रोत्साहन स्वरुप (२० हजार १ एक ५५ ‌ रुपैयाबाट सुरु अक्षयकोष स्थापना गर्नुभएको छ छिट्टै एकलाख भन्दा माथी पुर्याउने बताए ।के जी मा अध्ययनरत सबै बिधार्थी हरुलाइ पेन्सिल र कपि बितरण‌ गरीएको छ ।

विज्ञापन

पछिल्लो समय समाजमा धेरै जनाले आफ्नो जन्मदिन, वैवाहिक समारोह जस्ता कार्यहरू महङ्गा रेष्टुरेन्ट र विभिन्न ठाउँहरूमा फजुल खर्च गरि तामझामका साथ मनाईरहेका छन्। समाजमा यस्ता प्रवृत्तिको वृद्धि हुदै जाँदा विकृती विसङ्गति समेत फैलँदै गईरहेको छ।यस्ता किसिमका अनावश्यक फजुल खर्च कटौती गरि जन्म दिन मनाउन सकिन्छ भन्ने उदाहरण स्वरुप विद्यालयका प्राचार्य दिनानाथ गिरीले जन्मदिन विद्यार्थीका बिचमा मनाएका हुन । शिक्षामा सुधार ल्याउन र विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्नको लागि अक्षयकोष स्थापना गरिएको प्राचार्य दिनानाथ गिरीले बताए। उनले आगामी दिनमा समेत कोषमा रकम थप गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्दै रोग भोग र शिछाबाट बन्चित हुन नपरोस भन्दै प्र अ गिरी ले आर्थिक अभावका कारण विद्यालयमा पुगेर शिक्षा लिन नसकेका बिधार्थीहरुलाइ यो कोषबाट सहयोग गरिने र निकट भविष्यमा यो कोषबाट बलियो गराइ शैक्षिक गतिविधि मा टेवा पुर्याएउने बताए ।
शैक्षिक स्तरोन्नति र गुणस्तरीय शिक्षामा‌ विकास सँगै अक्षय कोषकोइ स्थापना गरि सराहनीय कामको सुरुवात गरेकोमा विद्यालय व्यवस्थापनका अध्यक्ष सागर प्रसाद न्यौपानेले शुभकामना सँगै धन्यबाद ब्यक्त गरेका थिय ।