पाल्पामा मापदण्ड विपरित चुनढुङ्गा खानीमा उत्खनन र ढुवानी गरिएको प्रती वाईसीएलको ध्यानाकर्षण

पाल्पामा मापदण्ड विपरित चुनढुङ्गा खानीमा उत्खनन र ढुवानी गरिएको प्रती वाईसीएलको ध्यानाकर्षण

 

बुटवल -मापदण्ड विपरित चुनढुङ्गा खानीमा उत्खनन र ढुवानी गरेको भन्दै योङ्ग कम्युनिस्ट लिग पाल्पाले गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले समक्ष ध्यानाकर्षणपत्र बुझाएको छ ।

विज्ञापन

पाल्पा जिल्लास्थित निस्दी, माथागढी, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका क्षेत्रमा चुनढुङ्गा खानी
सञ्चालनमा रहेका छन् । यस पाल्पा जिल्लाको ज्यामिरे, रहवास, हात्तीलुङ, मस्याम, मरेक, कोलडाँडा,
श्रीडांडा, कंचल, सिद्धेश्वरमा रहेको सबै चुनढुङ्गा खानी मापदण्ड विपरित उत्खनन र ढुवानी गरेको भन्दै स्थानीयले विरोध समेत गर्दै आएका छन ।

पाल्पा जिल्लाका चुनढुङ्गा खानी क्षेत्रबाट दैनिक २ हजारभन्दा बढी टिपर चुनढुङ्गा र डोलोमाइट निकासी हुँदै आएको छ । चुनढुङ्गा खानी उद्योगले तौलका लागि धर्मकांटा प्रयोग नगर्ने र राजस्व छली भइरहेको छ । चुनढुङ्गा खानी सञ्चालन मापदण्ड विपरित जथाभावी उत्खनन गर्ने र ढुवानीका कारण
आम नागरिकमा प्रतिकूल असर परेको तथा खानी सञ्चालन र ढुवानीको कारण वायु, जमिन,ध्वनि र जलप्रदूषण भैरहेको छ । खानीको उपल्लो तटीय र तल्लो तटीय क्षेत्रमा प्रतिकूल प्रभाव परेको, अवैध उत्खननले जंगल मासिंदा पानीको मुहान सुक्ने, पहिरो जाने तथा स्थानीयको भान्सादेखि ओछ्यानसम्म धुलो पुगेर बस्नै सकस भएको योङ्ग कम्युनिस्ट लिग पाल्पाका संयोजक कमल श्रेष्ठले बताए ।

खानी दोहन र टिप्परको अनियंत्रित गतिका कारण दुर्घटना बढिरहेको हुदा खानीहरु नेपाल सरकारको मापदण्ड अनुसार सञ्चालन हुनुपर्ने माग गर्दै मागहरु सम्बोधन नभएको अवस्थामा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले सर्वदलीय बैठक व अन्य कुनै बैकल्पिक माध्यमबाट भएता पनि उक्त समस्या तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

योङ्ग कम्युनिस्ट लिग पाल्पाका मागहरु:
१. चुनढुङ्गा खानी सञ्चालन IEA र माइनिङङ्ग स्किम अनुसार उत्खनन गर्ने,
२. स्वास्थ्य र कृषि क्षेत्रमा भएका हानीनोक्सानी न्यूनीकरण गर्ने,
३. खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग गरिएको सम्झौता कार्यान्वयन गर्ने
४.प्राकृतिक स्रोतमाथिको दोहन र चुरेमा पर्न गएको असरमा यसको दिगो रुपमा समाधान गर्ने
५. विभिन्न सामाजिक सांस्कृतिक विकृति तथा विसगंतिलाई रोक्ने,
६. चुनढुङ्गा ढुवानी क्षमता भन्दा बढी नगर्ने ।