सैनामैना पर्रोहा परमेश्वर माविमा वक्तृत्वकला तथा कविता बाचन प्रतियोगिता सम्पन्न

सैनामैना पर्रोहा परमेश्वर माविमा वक्तृत्वकला तथा कविता बाचन प्रतियोगिता सम्पन्न

सैनामैना – रुपन्देहीको सैनामैनामा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा बिहिवार जिल्लास्तरीय वक्तृत्वकला र कविता बाचन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न विद्यालयको सहभागिता रहेको प्रतियोगितमा सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयकी छात्रा अस्मिता पोख्रेल प्रथम हुन सफल भएकी छिन् । यस्तै रामापुर माध्यमिक विद्यालयका सविन घिमिरे र गौतम बुद्ध होराइजन माध्यमिक विद्यालयका बानी फुलेल द्धितीय तथा न्यु होराइजन स्कुलका सुसान्त ज्ञवाली र मोर्डन स्कुलका कृष्मा सापकोटा तृतिय भएका छन् ।

विद्यालयस्तरीय कविता बाचन प्रतियोगितमा मलमला माध्यमिक विद्यालयका मनोज न्यौपाने प्रथम भएका छन् । सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयका दर्शना ज्ञवाली द्धितीय, जनकल्याण माध्यमिक विद्यालयका दर्शन पौडेल तृतीय र रामापुर माध्यमिक विद्यालयका रामु नेपाली सान्त्वना स्थान प्राप्त गरेको शिक्षक लता खड्काले जानकारी गराउनुकभयो । कविताको शिर्षक हाम्रो देश हाम्रो संस्कृति रहेको थियो ।

विज्ञापन

विद्यालय स्थापनाको ५० औँ वर्ष पुगेको अवसरमा सप्ताह व्यापी कार्यक्रम अनुसार वक्तृत्वकला र कविता बाचन प्रतियोगितमा आयोजना गरिएको र फागुन १४ गते स्वर्णजयन्ती मूल समारोह कार्यक्रम रहने विद्यालयका प्रधानाध्यापक नेत्र पुरीले बताउनुभयो ।
विद्यार्थीहरुमा तथ्यपरक एंव तार्किक वाककला सिकाउनुका साथै अन्तर विद्यालय र विद्यार्थीहरुबिच सुमाधुर सम्बन्ध स्थापनार्थमा सहकार्य र समन्वय भुमिका निर्वाह गर्न कार्यक्रम महन्वपूर्ण हुने साथै विविध अतिरिक्त कार्यक्रममार्फत विद्यार्थीहरुमा उत्साह जगाउने बताउनुभयो ।