सैनामैना पर्रोहा परमेश्वर माविमा वक्तृत्वकला तथा कविता बाचन प्रतियोगिता सम्पन्न
- ई प्रतिबिम्ब
- २०८० फाल्गुन ११
- 585 views
सैनामैना – रुपन्देहीको सैनामैनामा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा बिहिवार जिल्लास्तरीय वक्तृत्वकला र कविता बाचन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न विद्यालयको सहभागिता रहेको प्रतियोगितमा सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयकी छात्रा अस्मिता पोख्रेल प्रथम हुन सफल भएकी छिन् । यस्तै रामापुर माध्यमिक विद्यालयका सविन घिमिरे र गौतम बुद्ध होराइजन माध्यमिक विद्यालयका बानी फुलेल द्धितीय तथा न्यु होराइजन स्कुलका सुसान्त ज्ञवाली र मोर्डन स्कुलका कृष्मा सापकोटा तृतिय भएका छन् ।
विद्यालयस्तरीय कविता बाचन प्रतियोगितमा मलमला माध्यमिक विद्यालयका मनोज न्यौपाने प्रथम भएका छन् । सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयका दर्शना ज्ञवाली द्धितीय, जनकल्याण माध्यमिक विद्यालयका दर्शन पौडेल तृतीय र रामापुर माध्यमिक विद्यालयका रामु नेपाली सान्त्वना स्थान प्राप्त गरेको शिक्षक लता खड्काले जानकारी गराउनुकभयो । कविताको शिर्षक हाम्रो देश हाम्रो संस्कृति रहेको थियो ।
विद्यालय स्थापनाको ५० औँ वर्ष पुगेको अवसरमा सप्ताह व्यापी कार्यक्रम अनुसार वक्तृत्वकला र कविता बाचन प्रतियोगितमा आयोजना गरिएको र फागुन १४ गते स्वर्णजयन्ती मूल समारोह कार्यक्रम रहने विद्यालयका प्रधानाध्यापक नेत्र पुरीले बताउनुभयो ।
विद्यार्थीहरुमा तथ्यपरक एंव तार्किक वाककला सिकाउनुका साथै अन्तर विद्यालय र विद्यार्थीहरुबिच सुमाधुर सम्बन्ध स्थापनार्थमा सहकार्य र समन्वय भुमिका निर्वाह गर्न कार्यक्रम महन्वपूर्ण हुने साथै विविध अतिरिक्त कार्यक्रममार्फत विद्यार्थीहरुमा उत्साह जगाउने बताउनुभयो ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्