बुटवल बेलबासमा पछयाैरी बुटिककाे शुभारम्भ

बुटवल बेलबासमा पछयाैरी बुटिककाे शुभारम्भ

बुटवल – युवाहरूले स्वदेशमै भविष्य खाेज्नुपर्छ भन्ने मूल मन्त्रमा साथ बुटवल १३ बेलबासमा पछ्याैरी बुटिक सञ्चालनमा ल्याईएकाे छ । बुटवल १३ निवासि २८ बर्षिय पुजा गाैतमले आफुले सिकेकाे सीप स्वदेशमै उदमकाे रूपमा विकास गर्ने साेचका साथ बुटिक सञ्चालन गरेकी हुन् ।

बुटिककाे विहिबार एक समाराेहका विच हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक हिरा पेग्नीले उदघाटन गरेकी हुन् । उद्घाटन गर्दै पेग्नीले बुटिक सञ्चालन गरेर स्वदेशमै आत्मनिर्भर हुन सकिने बताउदै यस्ता पसल शुभारम्भ हुनु सकरात्मक भएकाे बताईन । उनले महिलाहरूलाई आत्मनिर्भर हुन बुटिक जस्ता व्यवसाय निकै राम्राे हुने बताईन ।

विज्ञापन

सञ्चालक एव डिजाइनर पूजा गाैतमले धेरै जसाे सीप सिकेर विदेश गईरहेकाे अवस्थामा आफुले स्वदेशमै बसेर उदम गर्ने प्रयास स्वरूप पछयाैरी बुटिक सञ्चालन गरिएकाे बताईन ।

आगामि १३ गतेसम्म उदघाटनका अवसरमा विशेष छुट दिईएकाे आरती गाैतमले बताईन । बुटिक बुटवल १३ बेलबास शिवालय चाैकमा रहेकाे छ ।