सैनामैनामा यौनिक तथा लैङ्गिक अल्पसंख्याक नगर समिति गठन

सैनामैनामा यौनिक तथा लैङ्गिक अल्पसंख्याक नगर समिति गठन

सैनामैना- सैनामैना नगरपालिकामा यौनिक तथा लैङ्गिक अल्पसंख्याक नगर समिति गठन गरिएको छ ।सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाको अध्यक्षतामा नगरको सभाहलमा बिहिवार एक कार्यक्रमको आयोजना गरि नगरस्तरी यौनिक तथा लैङ्गिक अल्पसंख्याक सैनामैना समिति गठन गरिएको हो ।

सैनामैना नगरपालिकामा स्थायी बसोबास रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्याक सामुदायको हकहितका लागि स्थापना गरिएको समितिको संयोजक सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको छ ।
जसको सदस्यहरुमा आशिका थापा, सरोजी न्यौपाने, रोज थापा, हसीना चौहान, आकंक्षा थापा, सयरा गुरुङ्ग, परि थापा र सैनामैना महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवाली सदस्य सचिव रहनुभएको छ ।

विज्ञापन

तेस्रोलिङ्गी अधिकारकर्मी तथा साहसी कदम नेपाल रुपन्देही अध्यक्ष आनिक रानाले यौनिक तथा लैङ्गिक अल्पसंख्याक सामुदायका नागरिकलाई परिवार र समाजले स्वीकार गर्न नसकेको बताउनुभयो । तेस्रो लिङ्गी भएकै कारण परिवार र समाजले घृणा, अपहेलना, तिरस्कार र दूव्र्यवहार गर्दा यो समुदाय पिडामा परेको उहाँको भनाई छ ।
परिवार, समाज, र राष्ट्रबाट नै पछाडी परेको आफ्नो समुदायका नागरिकलाई पेट पल्न कै लागि यौन पेशा र डान्सबारमा काम गर्न बाध्य छन् भने विभिन्न हिंसा खेप्दै आएका छन् ।
संविधानले अधिकार सुनिश्चत गरेता पनि व्यवहारमा लागुहुन नसक्दा पहिचानको आधारमा नागरिकता, हरेक क्षेत्रमा समान समावेशीकरण, स्वास्थ्य, शिक्षा र रोजगारीमा सहभागि बन्न नसक्नु दुखद भएको अध्यक्ष रानाले सुनाउनुभयो ।
तीनैतहको सरकारले आफनो सामुदायलाई अगाडी बढाउन निति तथा कार्यक्रम निर्माण गरि कानुन कार्यान्वयन गर्दै, पहिचानको आधारमा नागरिकता, स्वास्थ्य, शिक्षा र रोजगारमा सहभागी बनाउन माग राख्नुभयो ।

सैनामैना नगारपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले नगरपालिकाले यौनिक तथा लैङ्गिक अल्पसंख्याकमैत्री निति तथा कार्यक्रम बनाउने बताउनुभयो । उहाँले यो समुदायका व्यक्तिहरुले भोगिरहेका समस्यालाई समाधान र व्यवस्थापन गर्न नगरपालिका सकारात्मक रहेको बताउनुभयो ।
प्रमुख प्रसाद शर्माले सबै नागरिक समान भएकाले कसैले पनि लिङ्गको आधारमा भेदभाव गर्न नहुने बताउँदै प्राकृतिक रुपमा सिर्जित सबैले सबैलाई स्वीकार गुर्नुपर्ने भनाई राख्नुभयो । साथै आफनो सामुदायको हकअधिकार र पहिचानका लागि एकजुट भएर अधिकार माग्नुपर्ने जोडदिदैँ अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, यो समुदायका नागरिकले पैँसा कै कारण पढ्न नपाएकालाई विद्यार्थी भाईबाहिनीलाई नगरापालिका आउन आग्रह गर्नुभयो, पैँसा कै अभावले पढाई छोड्नुपर्ने छैन ।
यो समुदायको उत्थानका लागि क्षमता अभिबृद्धि, जीविकोपार्जनमा सहयोग र समान अधिकारका लागि नगरपालिका प्रतिवद्धता रहेको बताउनुभयो ।

सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले नगरपालिका र यौनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायसँग छलफल सहकार्य गदैै वार्षिक योजना बनाएर उद्यमी, व्यवसायी र सशक्तिकरणका कार्यक्रममार्फत अगाडी बढाउने प्रतिवद्धता जनाउनुभयो ।

सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सैनामैना नगरपलिकामा यौनिक तथा लैङ्गिक अल्पसंख्याक व्यक्तिहरुको वस्ताविक तथ्याङ्क संकलन गरि यो समुदायको अधिकार स्थापितका लागि आवश्यक कार्यक्रम तथा बजेट विनियोजन गरेर आत्मनिर्भार बनाउन नगरपालिकाले सहयोग गर्ने उद्घोष गर्नुभयो ।

कार्यक्रम सैनामैना महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।