सैनामैनामा ११३ औं भड्छा महोत्सव रात्रीकालिन माघे औंसी मेला २५ गतेबाट लाग्दै

सैनामैनामा ११३ औं भड्छा महोत्सव रात्रीकालिन माघे औंसी मेला २५ गतेबाट लाग्दै

रुपन्देही कै सबैभन्दा पुरानो मेला ११३ औं भड्छा महोत्सव तथा रात्रीकालिन माघे औंसी मेला माघ २५ गतेबाट सैनामैनामा सुरु हुँदैछ ।

माघेऔंसीको अवसर पारेर भड्छा गाँउ समाज सैनामैना-८ को आयोजनामा यहीँ माघ २५, २६ र २७ गते तीन दिने भड्छा महोत्सव तथा रात्री माघे आंैसी मेला २०८० को तयारी तिव्र पारिएको आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
‘हाम्रो सस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नारा सहित विगतका बर्ष जस्तै यस बर्षपनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानिय कला संस्कृतीको जगेर्ना गर्ने उद्धेश्य सहित मेला आयोजना गरिएको सैनामैना वडा नं.-८ का अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक बुद्धिराम चौधरीले बताउनुभयो ।
परापूर्वकालदेखि चल्दै आएको मेलाको इतिहासको संरक्षण तथा सम्बर्द्धन, यस ठाउँमा थारु समुदायको बसोबास र पहिचानलाई जोगाइराख्न बर्सेनि भड्छा महोत्सव संचालन गर्दै आएको अध्यक्ष चौधरीले बताउनुभयो ।
थारु कल्याणकारी सभा केन्द्रीय पार्षद खुशीराम चौधरीले थारु समुदायको इतिहास र पहिचानसंग जोडिएको प्राचीन मेला भँड्छा मेलाको संरक्षणमा सबै समुदायको अपनत्व आवश्यक रहेकोे जोड दिनुभयो ।

विज्ञापन

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनालले थारु समुदायको अस्तित्व र अधिकार स्थापितका लागि र पिछाडिएको समुदायलाई अगाडि बढाउन यस मेलाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै महोत्सव सफल पार्न सबैको सक्रिय सहभागिताको आग्रह गर्नुभयो ।

मेलामा वडा स्तरिय झुमडा नाच प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा थारु संस्कृति झल्किने पहिरन, पुरानो सामाग्री, थारु परिकारका स्टलहरु रहने पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी गराएको छ ।
मेला अबधीभर राष्टिय तथा स्थानिय कलाकारको प्रस्तुती सहित विभिन्न खेलकुद तथा विबिध सांस्कृतीक कार्यक्रम हुनेछ ।

रातीमै शुरुहुने र रातीमै समापन हुने प्राचिन एतिहासिक मेलाका रुपमा पहिचान बनाएको भँड्छा मेला हेर्न रूपन्देही मात्र नभई कपिलवस्तु, नवलपरासी, दाङसहित पश्चिमका थारू समुदाय आउने गर्दछन् । जसले थारु समुदायको संस्कृतिलाई महत्व प्रदान गरेको छ ।भड्छा गाँउ समाजको आयोजना तथा सैनामैना नगरपालिकाको संरक्षकत्वमा संचालन हुने महोत्सवको लागि सैनामैना नगरपालिकाको ५ लाख आर्थिक सहयोग र अन्य दाताहरुबाट संकलन गरि अनुमानित कुल ९ लाख खर्च गरेर मेला सम्पन्न गरिने आयोजकले जनाएको छ ।
भड्छा गाउँ समाजका उपाध्यक्ष हरि नारायण थारुको स्वागत तथा सचिव पर्शुराम चौधरीको संचालनमा कार्यक्रम सप्पन्न भएको थियोे