शहीद दिवसका अवसरमा विविध  कार्यक्रम

शहीद दिवसका अवसरमा विविध कार्यक्रम

 

सैनामैना-  शहीद दिवसका अवसरमा सैनामैना १ रानीबगियामा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विधालयमा विविध  रचनात्मक, सिर्जनात्मक तथा फोहोर सङ्कलन कार्य सम्पन्न भएको छ ।

विज्ञापन


देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदहरुको सम्झना गरी हरेक वर्ष माघ १६ गते विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ भने हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका रुपमा मनाउने गरिन्छ ।

कार्यक्रममा बोल्दै विधालयका प्राध्यानाध्यापक नेत्रलाल पुरीले विगतका वर्षहरुमा सरकारले सार्वजनिक विदा दिने गरेता पनि यो बर्ष विदा नभएको तर राष्ट्रिय पर्वका रूपमा मनाउन गृह मन्त्रालयले विज्ञप्ती जारी गरे अनुसार विधालयमा शिक्षक,कर्मचारी र विधार्थीहरु मिलेर सहिदहरुको सम्झनामा विविध रचनात्मक र सिर्जनशिल कार्यक्रम आयोजना गर्न सम्भव भएको बताए । उनले सहिदहरुको सम्झनामा एकदिन मात्र कार्यक्रम गर्ने, सार्वजनिक विदा दिने भन्दा पनि शहीदको सपना पुरा गर्नका लागि सरकार र नागरिक सबै जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताए ।

वि.व्य.स. का अध्यक्ष शिवलाल बस्याल, शिक्षकहरु +२ कोडिनेटर सञ्जय गौतम्, अनिल परियार, दिनेश घिमिरे,सुनिता लम्साल लगाएतको उपस्थिती रहेको कार्यक्रममा विधार्थीहरुले सहिदको सम्मान र सम्झनामा विभिन्न नारा लेखिएका प्ले कार्ड बोकी बजार परिक्रमा गर्नुका साथै विधालय सरसफाई तथा कविता वाचन समेत गरेको कार्यक्रम संयोजक लता खड्काले जानकारी दिइन ।कक्षा ११ र १२ का विधार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन भने शिक्षक प्रचण्ड पाण्डेले गरेका थिए ।