ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा क्याम्पस सभा सम्पन्न

सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा क्याम्पस सभा सम्पन्न

सैनामैना- सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको क्याम्पस सभा सप्पन्न भएको छ । बुटवल पश्चिम कै ठुलाे क्यु ए ए मान्यता प्राप्त शैक्षिक संस्था सहिद नारायण पोख्रेल रामापुर क्याम्पसले शनिबार एक कार्यक्रमको आयोजना गरी क्याम्पस सभा सम्पन्न गरेको हो ।

क्याम्पस संचालक समितिका सभापती बालकृष्ण गैरेको अध्यक्षतामा सम्पन्न सभामा प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे प्रमुख अतिथि रहनु भएको थियो ।

विज्ञापन

प्रमुख अतिथि संसद घिमिरेले यस क्षेत्रको शैक्षिक विकासको धरोहरको रूपमा रहेको सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको विकासको लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालमा योजनाबद्ध तरिकाले बिकासकार्य अगाडी बढ्न नसक्दा धेरै समस्याहरु उत्पन्न भएको बताउदै क्याम्पसको संख्याको अनुपातमा विद्यार्थी संख्य कम र बढी हुदै जानु यसैको उपज भएकाे बताउनुभयो ।
उहाँले आधुनिक प्रविधिलाई शिक्षामा समाहित गरि शिक्षण अनुसन्धान र अन्य क्रियाकलापहरुको गुणस्तर प्रदान गरेर दक्षजनशक्ति मार्फत समृद्ध राष्ट्र निर्माणमा टेवा पु¥याउने उदेश्यका साथ क्याम्पस अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सैनामैना ६ का वडा अध्यक्ष गोपाल पोख्रेल, पुर्व अध्यक्ष डिल्लीराज ज्ञवाली, कांग्रेस नगरसभापति रणबहादुर खनाल, प्रेम पौडेल, देवि भट्टराई, ताम बहादुर सोमै र मनाेज बेल्बासे लगायतले बोल्दै बिद्यार्थीहरु बिदेश बाहिरिएका कारण अहिलेको शैक्षिक संस्थाहरुको स्थिति समग्र मुुलुुकमै नाजुक हुँदै गएकोले अब राज्यस्तर बाट नै ब्यापक रुपमा शैक्षिक बहस गर्नुपर्ने बेला आएको तर्क गरेका हुन् ।

कार्यक्रममा क्याम्पस प्रमुख हेम बहादुर थापाले क्याम्पसको प्रतिवेदन प्रस्तुत गर्दै अब क्याम्पसलाई अझै नयाँ र परिस्कृत ढङ्गले अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी र पुर्व क्याम्पस प्रमुख एवम् लामो समय योगदान दिनुभएका प्राध्यापक र कर्मचारीलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत र कविता पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रम क्याम्पस सभा सदस्य कृष्ण पोखरेलको स्वागत एवम् सह-प्राध्यापक प्रकाशमणि खनालको सहजीकरणमा सम्पन्न भएको हो ।