आर्थिक समृृद्धिमा प्रत्यक्ष सघाउ पुरयाउन दीर्घकालिन रणनीति आबश्यक

आर्थिक समृृद्धिमा प्रत्यक्ष सघाउ पुरयाउन दीर्घकालिन रणनीति आबश्यक

बुटवल – आर्थिक समृृद्धिमा प्रत्यक्ष रूपमा सघाउ पुरयाउन दीर्घकालिन रणनीतिक आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

मितेरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवलको आयोजनामा कार्तिक २१ गतेदेखि २५ गतेसम्म कपिलवस्तुको राजापानी रिसोर्टमा संचालन हुने दीर्घकालिन व्यवसायिक रणनीतिक योजना तर्जुमा गोष्ठीको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन् ।

विज्ञापन

कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले सहकारी अभियानले देशको आर्थिक विकासमा प्रत्यक्ष सघाउ पुरयाएको भन्दै कतिपय सहकारीले गलत काम गरेका कारण राम्रो काम गरेका सहकारीहरुलाई हेर्ने दृष्टिकोण एउटै भएकोले सोंच बदल्नुपर्ने बताउनुभयो ।
उहाँले बुटवलमा २ वटा संस्थाले मात्र गलत भएको र एउटा सहकारी नगरपालिकाको निगरानीमा रहेको बताउदै सहकारीहरुले सहकारी मार्फत धेरैलाई रोजगारी दिने गरेको र त्यसमा पनि महिलाहरु बढी आवद्ध भएकोले सहकारीले गरेका कामलाई प्रोत्साहन गरेको भन्दै अन्य सहकारीहरुको तुलनामा मितेरी बहुउद्देश्यीय सहकारीले गरेका काम फरक भएकोले यसले गर्ने सकारात्मक कार्यका लागि बुटवल उपमहानगरपालिका सधै साथमा रहने बताउनुभयो ।
उहाँले सहकारीहरु विधि र विधानमा चल्नको लागि आग्रह गर्दे विधि र विधान बाहिर गएर काम गर्ने संस्थाहरुका विषयमा नगरपालिकाले केही गर्न सक्दैन् । त्यस्ता संस्थाहरु कानूनको कठघरामा आउनुपर्ने हुन्छ । त्यसैले ऋण लगानी गर्दा विधि र विधान बाहिर नजानुहोला त्यही कारण सहकारीहरु टाट पल्टने हो यसको लागि मनलाई दरो बनाएर अगाडी बढनुहोला उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी तथा संस्थाका शिक्षा विज्ञ डवल वि.सी.ले सहकारीको माध्यमबाट गुणस्तरीय शिक्षामा जोड दिनका लागि निर्णय भए बमोजिम मितेरी स्मार्ट स्कुल संचालन गरी बालमैत्री शिक्षण सिकाईमा जोड दिने गरी सहकारीले लक्ष्य लिएको बताउनुभयो ।
शिक्षा विज्ञ वि.सी.ले यस्तो खालको विद्यालयलाई कसरी नमूना मन्टेश्वरी शिक्षाको रुपमा विकास गर्न सकिन्छ भन्ने विषयमा घनिभुत रुपमा छलफल माफर्त अगाडी बढाइने बताउनुभयो ।
कार्यक्रममा लोक साँस्कृतिक संरक्षण समितीका विषय विज्ञ शिव घिमिरेले सहकारीको माध्यमबाट लोक संस्कृतिको संरक्षण गरी सहकारीताको माध्यमबाट सक्रिय गराउदै लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा कानूनी सल्लाहकार बलराम न्यौपानेले सहकारीहरु जुन उद्देश्यले स्थापना गरिएका हुन सोही अनुसार अगाडी बढन सके कुनै समस्या नआउने भन्दै यस तर्फ शेयर सदस्यहरु सक्रिय भएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।
न्यौपानेले शेयर सदस्यहरुको लगानी र मुनाफा के कति छ र त्यसको निरन्तरताका विषयमा यो विषयमा चिरफार गर्दे उत्पादनसँगै स्थानीय र अर्गानिक वस्तुहरुको संकलन तथा सुपथ कोसेली घरको व्यवस्थापन गरी अगाडी बढनुपर्नेमा जोड दिंदै शिक्षामा लगानी गर्नका लागि अवस्था विश्लेषण गरेर मात्र अगाडी जोड दिनुपर्ने बताउनुभयो ।

सहकारीको माध्यमबाट रामापिथेकस,जीतगढी किल्लासँग जोडेर उत्पादन गरी बजारिकरण गर्न सकेमा सहकारीले फड्को मार्न सक्ने बताउनुभयो ।
कार्यक्रममा मितेरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष महेन्द्रराज शर्मा अर्यालले सहकारीलाई मन मनमा मितेरी,जनजनमा सहकारी भन्ने मुल नारा सहित आफ्नो कार्यलाई फराकिलो बनाउदै लगेको भन्दै महिला, गरीब, अपाङ्गता भएका व्यक्तिहरु, सीमान्तकृत, भूमिहीन तथा पिछडिएका वर्ग र श्रमिकहरूका साथै आम नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन सहकारीको पहुुँच अभिबृद्धि गरी बहुक्षेत्रिय रुपमा अगाडी बढनका लागि पाँच बर्षे दीर्घकालिन रणनीति कार्य योजना तर्जुमा गोष्ठीको आयोजना गरेर अगाडी बढ्ने बताउनुभयो ।
हामी अरुसँग निर्भर भएका कारण नेपालमा भएको पैसा अन्य मुलुकमा गैरहेको छ त्यसलाई नेपालमै राख्ने वातावरण निर्माण गर्ने कार्यको थालनीको नेतृत्व सहकारीले गर्नुपर्छ अध्यक्ष शर्माले भन्नुभयो ।

कार्यक्रममा दीर्घकालिन रणनीति तथा योजना तर्जुमा गोष्ठीको सहजीकरण विषय विज्ञद्धय इन्द्रराज ज्योति पौडेल र हरिलाल सापकोटाले गर्नुहुनेछ ।

कार्यक्रममा पत्रकार रीमा बि.सी.ले सहकारी संस्थाले संचार र सहकारीका विषयमा पनि रणनीतिक योजना बनाएर ससहकारीले गरेका असल अभ्यासहरुको शेयर सदस्यहरु र सरोकारवालासम्म पुरयाउने गरी दीर्घकालिन रणनीतिक योजनामा समेटनुपर्ने भन्दै यसका लागि रेडियो, टेलिभिजन,छापा पत्रपत्रिका र अनलाइन मार्फत अगाडी बढन सकिने बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव शत्रुघन शाहको संचालन, उपाध्यक्ष सुहा बहादुर नेपालीको स्वागत तथा अध्यक्ष महेन्द्रराज शर्माको अध्यक्षतामा कार्यक्रमको संचालन भएको थियो ।